एलिना र सजिना भए दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ विजेता

इनेप्लिज २०८० असोज २७ गते १४:५३ मा प्रकाशित

काठमाडौँ । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता एलिना ताम्राकार र सजिना सुवाल भए । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् ।

थेसिस तर्फमा भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक च्वाइस अवार्ड प्राप्त गरिन् । विजेतालाई समापन समारोहमा प्रमुख अतिथि माल्टाका अबैतानिक बाणिज्य दुत तथा नेपाल चेम्बर अफ कमर्स काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले अवार्ड, नगद तथा प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा संचारकर्मी सुशील नेपाल, बरिष्ठ गायक उदय सोताङ, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेल, एचआर प्रमुख सादिक्य आचार्य र फेसन डिजाइनर कुशुम श्रेष्ठ अथितिका रुपमा रहेका थिए ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा २५ र २६ गते (बिहिबार र शुक्रबार) आयोजित एक्स्पो ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मन्त्री भिमसेनदाश प्रधानलगायतको उद्घाटनसँगै सुरु भएको थियो ।

प्रदर्शनि र प्रतिस्पर्धामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना राखिएका थिए ।

एक्स्पोमा दुई प्रकारको प्रदर्शनी थियो । एउटा अध्यायन गरेर ६ महिना मात्र भएका बिदार्थीको क्याफे डिजाइन थिम र अर्काे अर्काे ग्राजुयट भएका बिद्यार्थीको थेसिस थिम । थेसिस बिद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिस लगायत थिमका डिजाइन तयार गरेको आईआईएफटीकी कार्यकारी निर्देशक बिपना थापाले बताइन् ।

बर्जर पेन्टस् र प्राईम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा उद्घाटनमा मेयर महर्जनले ग्राजुयट बिद्यार्थीलाई सर्टिफिकेट समेत प्रदान गरेका थिए ।
उद्घाटन कार्यक्रममा फेसन कोरियोग्राफर रोजिक शाक्य, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरी, बरिष्ठ रंग पत्रकार तथा गीतकार डब्बु क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आम जनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आईआईएफटीका शाखाहरु काठमाडौँको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।

नेपालकै ठुलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रुपमा परिचित आईआईएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न ‘ड्रेस टु इम्प्रेस’ फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया