बद्री, आर.के र महेशहरुलाई लाज लाग्दैन?

नबिन बिक २०८० असोज २४ गते २२:०७ मा प्रकाशित

एनआरएनएको नजिकिदै गरेको ११औ महाधिबेशनको रौनक काठमाडौमा सजिलै देख्न सकिन्छ। फाईस्टार होटलहरुमा, महंगा रेष्टुरेन्टहरुमा, क्लब र दोहरीहरुमा एनआरएनहरुको ईटिङ तथा मिटिङको बाक्लो उपस्थित भिडले जो कसैले पनि सजिलै अनुमान लाउन सक्छन, एनआरएनएमा हरेक दुईबर्षमा हुने महाधिबेशन र चुनाब काठमांडौमै हुने गर्छ, जसको लागी संसारभरबाट हजारौको संख्यामा प्रतिनिधिहरु काठमाडौमा आउने गर्छन।

एनआरएनएको आडमा कुनै मानब तस्कर गरेको छैन, कुनै राजनितिक वा तिनका भातृसंगठनमा लागेको छैन। सायद यिनै गुणहरुले गर्दा म अयोग्य ठहरिए ।

म एनआरएनएमा २००७ देखी संलग्न भएको एक अभियान्ता हु। मैले सधै निष्ठाको अभियानमा लागे, अहिले सम्म मैले कहि कतै सत छोडेको छैन, सुरुदेखीनै मैले कसैसंग पनि भोटको बारगेनिङ गरेर एक कप चियासम्म खाएको रेकर्ड छैन, कसैको हवाई टिकट वा होटल बुकिङको सुबिधा लिएको छैन, एनआरएनएको आडमा कुनै मानब तस्कर गरेको छैन, कुनै राजनितिक वा तिनका भातृसंगठनमा लागेको छैन। सायद यिनै गुणहरुले गर्दा म अयोग्य ठहरिए ।

२०२१-२०२३ मा दुर्घटनामा परेको एनआरएनए बल्लतल्ल तंग्रीदै छ तर राजनितिक भातृसंगठनको महासंघको रुपमा। अहिले चुनाब जित्न तपाई कुनै पनि दलको सदस्य भएन भने चुनाब जित्ने वा प्यानलना पर्ने सपनामा पनी नचिताए हुन्छ। अहिले पार्टी र भातृसंगठन यसरी सक्रिए भएको छ की यस्तो लाग्दै छ २०८४ मा हुने नेपाली राजनितको चुनाब अहिल्यै हुदैछ।

म कुनै राजनितक दलमा लागेको छैन, झन भातृसंगठनमा लाग्ने त कुरै भएन, किनकी एनआरएनएका पिता उपेन्द्र महतोले राजनिति भित्र्याउन हुदैन भनेर हामीलाई सिकाउनु भएको थियो, मैले त्यहीकुरा अनुशरण गरे। मैले १६ बर्ष खुन पसिना यो संस्थामा सिंचित गरेको छु। तर चीनमा हुदा दुईचोटी कोषाध्यक्ष, दुईचोटी उपाध्यक्ष, एकचोटी संरक्षक, एकचोटी केन्द्रिय सदस्य ,एक चोटी एशिया प्यासिफिकको क्षेत्रीय उपाध्यक्ष ( डिआरसी) भएर क्रमबद्ग रुपमा अघि आउदा म यो संस्थाबाट आउट हुने अवस्था आएको छ।

किनकी म कुनै टिममा परिन, न म कुनै गुटमा लागे, न म कुनै राजनितक पार्टी वा तिनका भातृसंगठनमा लागे, त्यसैको फलस्वरुप म आउट हुने स्थिति आयो, तर एनआरएनए जस्तो गरिमामय संस्था हाँक्न अघि सरेका तिनै जना अध्यक्षहरुले मलाई नजरअन्दाज गर्नु भनेको सम्पुर्ण पिछडिएका दमित बर्गहरुलाई नजर अन्दाज गर्नु हो। ८० लाख एनआरएनएनहरुको संस्था हाँक्ने पदाधिकारीमा चुनाबको मैदानमा भिडेर म जस्तो बिक, परियार, मिजार थर झुन्डिएका कति जना पार्नुभयो? अहिले आएर फेरी मलाई जातको कुरा गर्यो भन्नुहोला, किन नगर्नु तपाईहरुले गरेका ब्यबहारले कुरा गर्न बाध्य बनायो। म के कुरामा पछि परे? के खोट देख्नुभयो?६-६ जना सचिबको कोटा हुदा एउटा कोटा हामीलाई दिन सक्नुभएन ? तपाईहरुले महिलाको कोटा छुट्याउदा, युवाको लागी कोटा छुट्याउदा,दोस्रो पुस्ताको एनआरएनएको लागी कोटा छुट्याउदा समाजमा सयौ बर्षदेखी बिभेद भोग्दै आएको दमित बर्गको लागी किन कोटा छैन? कोटा भनेको संरक्षण हो,समाबेशी हो, समानुभुति हो, जो निर्धो छ, जो समाजमा पछि परेका छन, जुन समुदाय कम छन तिनहरुलाई जगेर्ना गर्ने हो , संरक्षण गर्ने हो । चाहे बनस्पति होस वा जनावार होस या मान्छे ,लोपोन्मुख वा कम संख्या भएकालाई संरक्षण गर्दै आईरहेका छौ र गर्नुपर्छ। मैले यसो भनिरहदा मलाई टिका लाएर सचिब बनाईदेउ भनेको होईन, म निष्पक्ष चुनाब लड्न तयार छु तर पार्टी र प्यानलको सिन्डिकेटको खोल फालेर आउनुस, ल्याउनुस तपाईका अभियान्ता उम्मेदवारहरुलाई। के तपाईहरु अध्यक्षहुनु मात्रै ठुलो कुरो हो? संस्थाको संरचना र नेपालीहरुको प्रतिनिधित्व र जनभावना कसरी समेटिएको छ भनेर मुल्यांकन गर्नुपर्दैन?

मैले यसो भनिरहदा मलाई टिका लाएर सचिब बनाईदेउ भनेको होईन, म निष्पक्ष चुनाब लड्न तयार छु तर पार्टी र प्यानलको सिन्डिकेटको खोल फालेर आउनुस, ल्याउनुस तपाईका अभियान्ता उम्मेदवारहरुलाई। के तपाईहरु अध्यक्षहुनु मात्रै ठुलो कुरो हो?

अहिले सचिबमा उठेका मध्ये वा तपाईहरुले राजनितिक भोटको आधारमा,जातिय भातृत्वको आधारमा, चन्दाको आधारमा काखी च्यापेका उम्मेदवारहरु भन्दा म कयौ गुना लोकप्रिय र प्रसिद्ग छु। तर पनि म तपाईहरुको समुहमा पर्न सकिन, एउटा राज्य वा समाजबाट सयौ बर्ष बिभेद र दमनको काँडारुपी यात्रा पारगर्दै सचिबमा लड्न आएको एक युवा मात्रै तिरस्कृत भएको छैन, सिंगो समुदाय नै तिरस्कृत भएको छ, उनीहरुको सपनाको हत्या भएको छ। तपाईहरुको जम्बो पदाधिकारीमा एक जना पनि पिछडिएका दमित र उत्पिडित बर्ग पार्न सक्नु भयो? के तपाईहरुले परिकल्पना गरेको एनआरएनए यस्तै हो? एक कार्यकालमा कम्तिमा पनि १५ लाख जति खर्च हुन्छ, मैले आठवटा कार्यकाल पार गरेर १६ बर्षमा यहाँ आईपुगेको थिए , अब अर्को बिक, परियार वा मिजार यत्रौ पैसा र समय खर्च गरेर यो ठाउमा आउन अर्को १०-१५ बर्ष लाग्ने छ। यो समाजले मन्दिरमा मात्रै हैन हामीलाई त एनआरएनएमा पनि निषेध गराउन तपाईहरु सफल हुनुभएको छ, बधाई छ तपाईहरुलाई।

राजनितक सिन्डिकेट र प्यानल यस्तो चीज रहिछ की उनीहरुले कुकुर मात्रै उठाए पनि जित्ने रहिछन। यस्तो भिडमा कुनै राजनितक आस्था र प्यानल बिनाको म जस्तो मान्छेले जित्ने कुरै आउदैन, तर बिना प्यानल र सिन्डिकेट चुनाब लडाएर हेर्नुस , नबिन बिक ले कति भोट ल्याउदो रहिछ अनि थाह पाउनु हुन्छ, तपाईहरुले च्यापेका सचिबहरु र मेरो सर्बेक्षण गरौ त कसलाई आम नागरिकले बढी चिन्दो रहिछ? सायद कोभिडको महामारीको बेलामा नेपाललाई स्वास्थ्य सामाग्री सप्लाई गर्न र ओम्नी स्वास्थ्य सामाग्री भ्रष्टचारको भन्डाफोर गर्न खेलेको भुमिकाको पुरस्कार पाउदै छु। छुवाछुत रहित एनआरएनको बधाईछ तपाईहरुलाई, हाम्रो नामो निशान नरहेसी त के के छुवाछुत ? ना रहेगी बास ना बजेगी बासुरी।

नेतृत्व बर्गबाट उपेक्षित भए पनि संसारभरका एनसिसीका साथीहरुले अगाध माया, सपोर्ट र हौसला दिनुभएको थियो, छ । यसको लागी म उहाँहरु प्रति आजीवन ऋणी छु।

नेतृत्व बर्गबाट उपेक्षित भए पनि संसारभरका एनसिसीका साथीहरुले अगाध माया, सपोर्ट र हौसला दिनुभएको थियो, छ । यसको लागी म उहाँहरु प्रति आजिबन रृणी छु।तर तपाईहरुको मायाले मात्रै नहुदो रैछ साथीहरु, पार्टी र प्यानल बिना सचिब जित्न नसकिने रहिछ। मलाई आफ्नो ईमान र निष्ठा बेचेर सचिब बन्नु छैन ,त्यसैले मैले बिश्राम लिने निर्णय गरेको छु। यसको लागी सम्पुर्ण साथीहरुसंग म माफी चाहन्छु।

नबिन बि.क
एनआरएनए अभियान्ता
डिआरशी एशिया प्यासिफक रिजन
तथा बाहिरिदै गरेको सचिबका उम्मेद्ववार

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया