विराटनगर,२० असोज : कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य दललाई सरकार निर्माण गर्न सहयोग गर्ने बताउनु भएको छ।
प्रदेश सभामा आज राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश संरचनालाई स्थायित्व दिन अन्य दललाई सरकार निर्माणमा सहयोग गर्ने प्रष्ट पार्नु भयो ।
काम चलाउ मुख्यमन्त्री कार्कीले प्रदेशप्रति भएको आलोचना एवं टिप्पणीलाई बचाउन अव निर्माण हुने सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहेन प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले आफ्नो दलसँग वहुमत सदस्य नभएकोले सरकार निर्माणको दावी पेश नगर्ने प्रष्ट पार्नु भयो ।
उहाँले दुई–दुई पटक सरकारको नेतृत्व गरेकोले अहिले अन्य राजनीतिक दललाई सहयोग गर्ने एवं अन्य दलसँग सहमती कायम भएमा सरकारमा सहभागी हुन सक्ने विश्वास व्यक्त्त गर्नु भयो ।
नेपालको संविधानको व्याख्या एवं अदालतको आदेश अनुसार प्रदेश सरकार निर्माण हुने उहाँले विचार राख्नु भयो ।
प्रतिक्रिया