‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’ विजेता बने आजमा र लिलि

इनेप्लिज २०८० असोज २० गते ११:५४ मा प्रकाशित

काठमाडौंँ । आजमा महर्जन र लिलि महर्जन सुवाल ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को विजेता भउका छन् । आजमा मिस तर्फको शिर्ष विजेता चुनिदा लिलि मिसेज तर्फको विजेता घोषित भएकी हुन् । विजेता दुबैले बिभिन्न अवसर र उपहार हात पारेका छन् ।

विजेता दुबैले आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालकोप्रतिनिधित्व गर्ने ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए । हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हँुदै आएको छ ।

प्रतियोगीतामा ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’तर्फ दीपिशा तामाङ फष्टरनरअप र पुर्णिमा शाही ठकुरी सेकेन्ड रनरअप बन्दा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ तर्फ पुनम थापा लुइटेल फष्ट रनरअप भइन् ।

भब्य र सब्य रुपमा आयोजना भएको प्रतियोगीता अन्य सौन्दर्य प्रतियोगीता भन्दा भिन्न थियो । हेरिटेज र सम्पदाको बिभिन्न झल्को दिने प्रस्तुति सहित सुरु भएको प्रतियोगीता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा शुक्रबार अबेर साँझ सम्पन्न भएको थियो ।

अनुष्मा रायमाझी (मिस इको २०२० र मिस इको इन्टरनेशनल २०२०), राजभाई सुवाल (भेट्रान फोटोग्राफर) सरिता श्री ज्ञावली (मिडिया पर्सन), सन्तोष सापकोटा चियर पर्सन इप्लानेट, फाउन्डर हेरिटेज पेजेन्टस््) प्रतियोगीतामा निर्णायक रहेका थिए ।

नेपालका लागि इथियोपियाको मानार्थ महावाणिज्य दूतावास ÷ पूर्व गभर्नर लायन्स क्लब इन्टरनेशनल डिस्ट ३२५ एफ ÷ उद्योगी तथा समाजसेवी डा. राजेन्द्र गिरी मुख्य अतिथि रहेको प्रतियोगीतामा पत्रकार, सामजसेवी, बुद्धीजिवी लगायत बिभिन्न ब्यक्तिको उपस्थिती रहेको थियो । प्रतियोगीतामा मोष्ट फोटोजेनिक दीपिशा तामाङ, मोष्ट ट्यालेन्ट प्रगती भट्टराई, मोष्ट पपुलर पुनम थापा लुइटेल, मोष्ट डिसिप्लेन सोनु भुषाल, बेष्ट इभिनिङ क्लाउण्ड पुर्णिमा शाही ठकुरी, बेष्ट पफमर आजमा महर्जन, बेष्ट स्माइल, र बेष्ट चामिङ पर्सनालिटी लिलि महर्जन सुवाल, मोष्ट पङ्च्युअल कृष्णला शाह, बेष्ट हेयर आशिका परियार बनेका थिए ।

१२ प्रतियोगी रहेको प्रतियोगीतामा सबै प्रतियोगी बिभिन्न दर्जन बढी प्रशिक्षण सहित फाइनल स्पर्धामा उत्रिएका थिए । प्रतियोगीताको कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया