गायिका विनुसा राईको स्वरमा ’माया हाम्रो’ सार्वजनिक

इनेप्लिज २०८० असोज १९ गते १३:१३ मा प्रकाशित

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ । जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।

’माया हाम्रो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया