टोकियो । ६ अक्टोबर
आसन्न गैरआवासीय नेपाली संघ एन.आर.एन.ए को ११औं महाधिवेशन नजिकिदै गर्दा जापानबाट उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका रबिन प्रसाद शेरचन मध्यपूर्ब भ्रमणमा निस्किएका छन् ।
टोकियोमा उम्मेदवारी घोषणा गरेर अधिकांश नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको बिभिन्न शहरहरूको भ्रमणपछि शेरचनको मध्यपूर्बी देशहरुको भ्रमणको सुरूवात भएको उम्मेदवार रबिन सम्बद्ध स्रोतले हामीलाई बताए । भ्याए सम्म मध्यपूर्वमा रहेका अधिकांश देशहरू भ्रमण गर्ने नेपालीहरूको बर्तमान अबस्था बारे जानकारी लिने कार्यक्रमहरू तयभएको बुझिएको छ भने दुवाई, कतार र ओमानमा रहेका गैर आवासिय नेपालीहरू संग प्रत्यक्ष अन्तरक्रिया गर्ने लगायतका बिबिध कार्यक्रमहरू तय भएको बुझिएकोछ ।
प्रतिक्रिया