‘जोय मोडल हन्ट नेपाल’को पहिलो अडिसन सम्पन्न , दोस्रो छिट्टै हुने

इनेप्लिज २०८० असोज १८ गते १५:२८ मा प्रकाशित

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२३’को लागि ४० प्रतियोगी छनौट भएका छन् । राजधानीको मिनिष्ट्री बार एण्ड क्याफे गैरीधारामा आयोजित छनौट चरणको अडिसनमा युवायुवती गरेर ४० प्रतियोगी छानिएका हुन् । अडिसनमा ८० बढी युवा युवती सहभागीता थिए ।

माल्भिका सुब्बा (मिस नेपाल २००२ तथा मिडिया पर्सनालिटी), रवि धमला (सिइयो– नेक्स्ट मोडल्स नेपाल), रोजिन शाक्य (इन्टरनेशनल कोरियोग्राफर), विबेक खड्गी र मोनिका अधिकारी (विजेता मोडल हन्ट नेपाल २०२२) लगायत निर्णायक रहेको छनौट चरणको अडिसन अझै बाँकी छ ।

प्रतियोगीतामा सहभागीताका अझै फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ । युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान रहेको प्रतियोगीताको अडिसनमा छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षा सहित फाइनल स्पर्धामा उतारिनेछ ।

फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।

प्रतियोगिताको विजेता पुरुष प्रतियोगीले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगिताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

प्रतिक्रिया