पुस्तक र समयरुपान्तरणको जीवन्त कथा : ‘जेठी’

बाँस्कोटा धनञ्जय २०८० असोज १३ गते १६:५१ मा प्रकाशित

रुपान्तरणको कथा

आज रुपान्तरणका नक्कली कुरा धेरै उठ्छन् । उठाइन्छन् । सामान्यतया रुपान्तरण भनेको परिवर्तन हो । एक अवस्थाबाट अर्को अवस्थामा हुने परिवर्तन नै रुपान्तरण हो । प्रकृया पुगेर परिवर्तन भएको अवस्था रुपान्तरण हो ।

बजार रुपान्तरणकै छ । समय तिनकै छ । युग तिनकै छ । राप तिनकै छ । ताप तिनकै छ । प्रकाश तिनकै छ । सूर्योदय तिनकै छ । सूर्यास्त तिनकै छ । जुनेली रात तिनकै छ । माटाका कण तिनकै छन् । अकासका आयतन तिनकै छन् । सबै खाले क्ष्तििज पनि तिनकै छन् ।

त्यही भएर त रुपान्तरणको नक्कली कुरा गर्नेहरुको दीन खुलेको छ । गल्ला खुलेको छ । अनि फिट पनि तिनै । चुनाउमा जित्ने पनि तिनै । सिंहदरबार छिर्ने पनि तिनै । मन्त्री बन्ने पनि तिनै । जम्बो टोली लिएर राज्यको पैसामा संसार भ्रमण गर्ने पनि तिनै ।

तर पुण्यप्रसाद खरेलको उपन्यास ‘जेठी’ (२०८०), माथि बर्णन गरिएकाहरुको जस्तो नक्कली रुपान्तरणको कथा होइन । यो सक्कली रुपान्तरणको कथा हो । यो साँच्चो परिवर्तनको कथा हो । यो जीवन्त रुपान्तरणको कथा हो । यो अमर रुपान्तराणको कथा हो । यस अघि नै पुण्यप्रसाद खरेलका ३ वटा उपन्यास (दोसाँधको घाम २०६३, त्रिवेणी आमा २०६७, झापाली गर्जन् २०७३) प्रकाशित भइसकेका छन् । २ वटा कविता सङ्ग्रह, ३ वटा कथासङ्ग्रह, ७ वटा निबन्धसङ्ग्रह प्रकाशित भइसकेका छन् ।

प्रकृतिको नियम हो, हर क्षण भिन्न रुप र गुण लिएर आएको हुन्छ । हिजोको साँझ र आजको साँझ एउटै पनि होइन, र उस्तै पनि होइन । हिजोको विहान र आजको विहान एउटै पनि होइन र उस्तै पनि होइन । न त भोलिको विहान हिजो र आजको जस्तै हो । त्यो फरक हुन्छ । अनुभूतिमा फरक हुन्छ । त्यसको अभिव्यञ्जना फरक हुन्छ । त्यसको आयाम फरक हुन्छ । त्यसको प्रभाव फरक हुन्छ । र रङ्ग फरक हुन्छ ।

पुण्यप्रसाद खरेलको यो उपन्यासले यही सुक्ष्मता बोकेर लुरुलुरु हिंडेको छ । हिंडेर ताप्लेजुङ्गबाट तेहृथुम हुँदै झापा आइपुगेको छ । आशा छ, भोलि यसले विश्व परिक्रमा गरिरहेको हुने छ ।

उपन्यासको कथासार

उप्रेतीनी जेठीको मृत्युको खबरले गाउँ सन्नाटाको उत्कर्षमा थियो । दुखी थियो । पाँच जना छोराछोरी हुर्काएकी जेठीले माइलो छोरो गुमाएसंगै रोगाएकी थिइन् । उनको अंत्येष्टी गरियो । उनी उनका कान्छाछोरा र माइलो भाइबाट प्रभावित भएर समाजको रुपान्तरणको सपना देख्ने कम्युनिष्ट बनेकी रहिछन्, लास जलाउने बेलामा मात्रै थाहा भयो ।

सिनाम डाँडागाउँका हरिप्रसाद प्रसाईं, अर्थात नौले प्रसाईंकी माइली छोरी दुर्गा प्रसाईं आठराई पूmलबारीका भगीरथ उप्रेतीको २३ बर्षको जेठो छोरो डिल्ली प्रसाद उप्रेतीसंग काफ्ले थरकी सौता हुँदाहुँदै १८ बर्षको ‘छिप्पिएको उमेरमा’ बिहे गरिदिएर जेठी बुहारी भएकी । त्यो बिहे बाध्यता थियो, किनभने उनी अठार बर्ष पुगिसकेकी थिइन् । अव ढिलाई गर्नु हुनेथिएन बिहे गर्न ।
माइली छोरी, तर जेठी बुहारी ।

यसरी बिहे भएर गए पछि दुर्गाले उप्रतीको घरमा धेरै कुराहरु भद्धा देखिन् । आकास र धर्ती भिन्न देखिन् । तर उनले माइतमा सिकेको संस्कारले उनको खुट्टो दैलाबाहिर राख्न मिलेन । उनी बाँधिइन् फनफनी । उनी त्यसैमा अन्तरघुलित हुने प्रयास गरिरहिन् । उनका ससुरा भगीरथ र लोग्ने डिल्लीको गतिविधि भनेको गाउँमा कचहरी राख्ने, अनि अंत्यमा एउटालाई खसी किनाउने, काट्ने, खाने । समाजलाई आप्mनो कब्जामा राख्ने अलिक अहंता पालेका मान्छे रहेछन् भन्ने पनि थाहा भयो जेठी अर्थात् दुर्गालाई ।

बिहे गरेका दुई बर्षपछिको कुरा हो, माइलो भाइ माइली दिदीलाई पु¥याउन आठराइ जाने भयो । बाटामा उसले दिदीलाई ‘सारै दुब्लाएछौ’ भन्यो । चेतनाका कुरा सिकायो । समयका कुरा, समानताका कुरा, न्यायका कुरा, बिभेदका कुरा बतायो । भाइको माक्र्सवादीय सौन्दर्यशास्त्रले दिदीलाई निकै सोचमग्न बनायो । ससुराबाहेक सबैका खुट्टामा चिल्लो लगाएर, ढिकी जाँतो गरेर मात्रै सुत्न पाइने, अनि लोग्ने मान्छेले चाहिंं केही पनि गर्नु नपर्ने ? अनि घरमा कचहरी राखेर चाहिने नचाहिने पैmसला गरेर गोजीमा पैसा लिने उनको ससुरो र लोग्ने कस्ता मान्छे हुन् ? किस्ने र मेदनीले दमैका बाजा बजाउँदैमा, तिनीहरुसंग बसेर खादैमा के बिग्रिन्थ्यो त र तिनका पछि लागेर कुटाइ खानेसम्मको अवस्थामा पुग्नु ? जेठीको चेतनाले यी कुरा ग्रहण गर्न सकेन ।

माइला छोराले लुगाको बन्दोबस्त गरिदिएपछि हरिप्रसाद प्रसाईं पहिलो पटक माइली छोरीका घरमा आठराई गए । भोलिपल्टै फिरे ।

समय कुदिर¥यो । जेठीले छोरो पाइन् । जेठीले आप्mनो माइला भाइले लैंङ्गीक हक र समानताका लागि उनलाई भनेका कुराहरु झलझली बिम्बित आए । समानतका कुरा, न्यायका कुरा, विभेदको अन्त्यका कुरा । भाइ कम्युनिष्ट होला भनेर उनले सोचेकी पनि थिइनन् ।

समयको परिवर्तन संगै उप्रेती परिवार क्रमशः विनिर्माणतर्पm उन्मूख भयो । डिल्ली रुपान्तरण भयो र रक्स्याहा भयो । बेस्या भयो । भगीरथ र उनकी श्रीमती आफ्नो छोरालाई पुल्पुल्याएकोमा पश्चात्ताप गर्दै जेठीको आडभरोसामा बाँच्ने निश्कर्षमा पुगे । कम्युनिष्टहरुको प्रभाव आठराइमा पर्दै गयो । ती बाल बिवाह रोक्नेसम्मका काम गर्न थाले ।

यसैबीच जेठीको माइलो छोरो ज्वरोले बित्यो । तर डिल्ले आएन । अर्की लिएर पो हिंडेछ ! अमानवीयताको पराकाष्ट ! डिल्लेका बाआमाको तीब्र बिरोधले पनि डिल्लेको आचरण रोकिएन । जेठीले धेरै सोचिन्, डिल्लेलाई के गर्ने भने । सासुससुरा पाल्नु पर्ने भयो उनले । डिल्ले सुवेडीकी छोरी ल्याएर याक्सामा छुट्टै बस्यो । जेठीको कान्छो छोरो पनि जन्मियो ।

जेठीको कान्छो छोरो हुर्कियो । बाठो र ज्ञानी । ‘माइलो मामा केही जान्दैनन् बूढा’ भन्न पो थाल्यो ! ऊ पनि कम्युनिष्ट भएछ । कामी माइलासंग हात मिलाउने पनि भयो । आमालाई खुसुक्कै चिठीहरु बोकाउने पनि भयो (अरुले बोक्दा प्रहरीले संका गर्छन् भनेर) । छोरोका माहानता देख्न थालिन् । ‘ती पण्डीतका भन्दा त हाम्रा कान्छाले नै कति जान्दो रछ रछ । कान्छासंगत ती पण्डीत बोल्न सक्छन् जस्तो लागेन (पृ. १३८)’

जेठीको जीवन कठीन बन्दै गयो । बिरामी भइन् । जेठो छोरो बुहारी काठमाडौमा । कान्छी बुहारी अलिक मुखाले । कान्छो छोराको आडभरोसामा थिइन् जेठी । किनभने उनका सासुससुरा पनि बितिसकेका थिए ।

माइली दिदी बिरामी भएको खबर माइलो भाइले नै पहिला पायो । र दिदी भेट्न आठराई गयो माइलो भाइ । दिदी निकै बिरामी थिइन् । माइलाले कान्छी बुहारीलाई सम्झाउन खोज्यो, तर दिदीले दिइनन् । दिदीले ‘मेरो आँत हा¥यो, भाइ’ भनेको सम्झिँदै भाइ फर्केर घर आयो । तीन महिना पछि माइलाले थाहा पायो, दिदी खसेको ३ दिन भइसके छ । अनि माइलो र साईंलो भाइ दिदीका घर आठराई हानिए । र थाहा पाए त्यहाँ एउटा कअल्पनीय रुपान्तरण थियो ! कान्छा भाञ्जाले १३ दिनको काम ७ दिनमा सकाए, अनि अनावश्यक दान दक्षीणाभन्दा उनीहरुले नै पढेको विद्यालयमा २ जना छात्रालाई छात्रबृत्ति दिन २ लाख रुपैंयाको अक्षयकोष राखिदिए ।

यो समाजको रुपान्तरण यसरी भएको देखाइएको छ उपन्यासमा ।

‘माइली’ को ‘जेठी’ मा रुपान्तरण

सिनाम डाँडागाउँका हरिप्रसाद प्रसाईं, अर्थात नौले प्रसाइृंकी माइली छोरी दुर्गा प्रसाईं आठराई फुलबारीका भगीरथ उप्रेतीको २३ बर्षको जेठो छोरो डिल्ली प्रसाद उप्रेतीसंगकाफ्ले थरकी सौता हुँदाहुँदै १८ बर्षको ‘छिप्पिएको उमेरमा’ बिहे गरिदिएर जेठी बुहारी भइन् । माइली छोरी, तर जेठी बुहारी ! उनको पहिचानको रुपान्तरण भएसंगै उनको भूमिका, सोच र जिम्मेवारी पनि बदलियो । उनी प्रसाईं माइली रहिनन् । उनी उप्रेतीनी जेठी भइन् । परम्परावादी नारीबाट उनको एउटी जुझारु नरीमा रुपान्तरण भइन् । घरका चारसुर मात्रै बुभ्mने नारीबाट समाजका अनगिन्ती आयामहरु पनि बुज्नेनारी भइन्


वर्गको रुपान्तरण

नौले प्रसाईं निम्न आर्थिक अवस्था भएका व्यक्ति हुन् । उनलाई माइला छोराले कोट, जुत्ता खोजेर माइली छोरीका घरमा जान सहयोग गरेको थियो (पृ. ७३) । उता उनका सम्धि भगीरथा उप्रेती सधैंजसो घरमा कचहरी राखेर गाउँमा हैकम जमाएर बसेका सम्पन्न व्यक्ति थिए । यो बिपरित आर्थिक हैसियतमा दुई परिवारको सम्बन्ध जोडिएको थियो । तर समयले यसरी कोल्टे फे¥यो, यो हैसियत विनिर्माण हुन पुग्यो । भगीरथ आप्mनै छोराले आपूmबाट ग्रहण गरेको निन्दनीय संस्कारले उनी आपूm कमजोर हुँदै गए । गाउँलेहरुबाटै कुटाइ खाए । लाजमर्नु भयो उनलाई । पाठहरुले यो सम्पन्न वर्गको उप्रेती परिवारलाई सहानुभूति दिंदैनन् ।

तर नौले प्रसार्इं एउटा निम्न वर्गको व्यक्ति भएर पनि इमान्दार थिए । संस्कारी थिए । उनले सबैकुरा आप्mना बुताले आर्जन गरेका थिए । उनले छोरा छोरीलाई गलत बाटो हिंड्ने राजमार्ग खनेनन् । ती जिम्मेवार भएर निस्किए । पाठकहरुले यो निम्न वर्गको प्रसाईं परिवारलाई सहानुभूति दिन्छन् ।

दुईवटा वर्गले बोक्ने यो वर्गीय चिन्तन् र चरित्रको प्रभाव हो ।

अनि यो उपन्यासले वर्ग संधै एउटै हुँदैन है भन्ने सन्देश दिएको छ । धनसम्पत्ति सबैकुरा होइन भन्ने आदर्श पस्केको छ ।
पुस्ताको रुपान्तरण

यस उपन्यासमा पुस्ताको रुपान्तरण निकै ओजश्वी छ । नौले प्रसाईबाट अनुशासन र सरल जीवन यापनको संस्कारमा दिक्षीत माइली छोरी दुर्गाले जेठी बनेर जाँदा पनि उही संस्कार प्रदर्शन गर्न खोजिन् सुरुमा । पछि उनको माइलो भाइले माक्र्सवादीय सौन्दर्यशास्त्रका कुरा गर्न थालेपछि मात्र उनीमा पनि बिद्रोहको भाव जन्मिएको थियो । उनको त्यो भाव उनको कान्छो छोरोमा पनि गयो ।

अनि उता भगीरथ उप्रतीको समाजमा आफै झगडा लगाउने, आफै छलफल राख्ने, आफैसजाय तोक्ने, समाजलाई आफ्नै मुठीमा राख्न खोज्ने, कम्युनिष्टहरुलाई देखी नसक्ने सामन्त सोच उनको छोरा डिल्लीमा पनि पुस्तान्तरण भएर गयो । डिल्लीले मुसाले स्वास्नी बटुले जस्तो बिहे गरिरहने चरुवा (पृ.१), रक्सी खाएर हिंडने, छोरो मर्दा पनि घरमा नआउने, श्रीमती मर्दा पनि घर नहाउने चरित्रको निर्माण गरेको हुन्छ । छोरो डिल्ले एउटा अपराधी जस्तै बन्न पुग्छ ।

त्यसकारण, संस्कार, संस्कृति, जीवनशैली, सोच जस्ता कुराहरु पुस्तान्तरण भएर जान्छन् । नयाँ पींढि त्यही हुन्छ, जसलाई हामी जे बनाउँछौं । र पुस्ताको रपान्तरण निकै कठीन विषय हो । सन्तानले त्यही गर्न खोज्छ जुन उसले परिवारमा सिकेको हुन्छ । डिल्लीमा यही भयो । अनि जेठीको (डिल्लीको पनि) कान्छो छोरामा पनि यही भयो ।

राजनीतिको रुपान्तरण
बजा बजाउने दमाइसंग बसेर खाएको, तिनीहरुको बाजा बजाएको भनेकै भरमा भौतिक कार्वाहीमा समेत उत्रिएर फरक विचारलाई समाजमै निषेध गर्न सबै हतकण्डा अपनाएका भगीरथ र उनका छोरा डिल्ली अन्ततः त्यस्ता फरक विचार राख्नेहरु आफ्नैघरमा जन्मिए । आप्mनै आँगनमा, आप्mनै बिस्तारामा उदाए । कम्युनिष्टहरुलाई पानी खेदो गर्ने भगीरथ र उनका छोराको घर उनीहरुका सोचलाई विनिर्माण गर्न उनकै सन्तान आइपुगे । र त्यो एउटा अकल्पनीय युगको अंत्य भयो । समाजले नयाँ पालुवा लगाउन थाल्यो ।

लेखकले यहाँ माक्र्सवादीय सौन्दर्यशास्त्रलाई समाज रुपान्तरण गर्ने शास्त्र हो भन्ने भाव प्रकट गेका छन् । यो सौन्दर्यशास्त्रले समाज, संस्कृति र जीवनशैलीमा रुपान्तराण गर्छ भन्ने भाव देखाइएको छ ।
भषा र शैलीगत रुपान्तरण

नेपाली भाषलाई झर्रो आन्दोलन मार्पmत यसको मौलिकता जोगाउने अभियानमा लागेका अभियान्ता पुण्यप्रसाद खरेलको यो ‘जेठी’ उपन्यासमा भाषामा आञ्चलिकता छ । शैलीमा आञ्चलिकता छ । मौलिकता छ । कथा सलललल बगेको छ एउटा नदी जस्तै । हरेक पानामा कौतुहलता छ । मिठास छ । सुन्दरता छ । कुरुप समयको सुन्दर कथा छ ।

पूण्यप्रसाद खरेलको उपन्यास ‘जेठी’ यस्तै रुपान्तरणको कथा बोकेको उपन्यस हो । तर रुपान्तरणको कथा बोक्दा यसले नक्कली रुपान्तरणको बिषय बोकेको छैन । त्यो रुपान्तरण सक्कली रुपान्तरण हो । जीवन्त र सबैले अनुभूत गर्ने रुपान्तरण हो । जीवन बाँच्ने सही बाटोको रुपान्तरण ।

उपन्यासकार पुण्यप्रसाद खेरेललाई हार्दिक बधाई दिन चाहन्छु ।
दमक, झापा

प्रतिक्रिया