सङ्घीय सरकार निर्माण गर्न पार्टीको चासो नभएको – एमाले अध्यक्ष ओली

इनेप्लिज २०८० असोज १३ गते १:१२ मा प्रकाशित

विराटनगर,१२ असोजः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सरकार निर्माणमा चासो नभएको बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रमुख जिम्मेवार पार्टी जिम्मेबार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने दावी गर्नु भयो ।

अध्यक्ष ओलीले एमाले नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको चर्चा गर्दै नेकां देश र जनताप्रति जिम्मेवार नभएको आरोप लगाउनु भयो ।

उहाँले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री ओलीले कोशी प्रदेश सरकारको स्थिरता आवश्यक रहेको चर्चा गर्दै मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकोले यसतर्फ राजनीतिक दलहरुले गम्भिर चिन्तन मनन् गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भएमा एमालेले वहुमत ल्याउने दावी गर्नु भयो ।

अध्यक्ष ओली एमाले कोशी प्रदेश प्रथमा अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्न आउनु भएको हो ।

प्रतिक्रिया