अमेरिकाको फिलाडेल्फियामा १०० भन्दा बढी मुखवारण(मास्क)लगाएका किशोरहरूद्वारा फिलाडेल्फिया पसलहरु लुटपाट ,कैयौ गिरफ्तार

इनेप्लिज २०८० असोज १० गते ११:३६ मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको बिश्व प्रसिद्ध शहर फिलाडेल्फियामा १०० भन्दा बढी मुखवारण(मास्क)लगाएका किशोरहरूले फिलाडेल्फिया पसलहरु लुटपाट गरेको प्रहरीले जनाएको छ ।

यसै सिलसिलामा कैयौलाई प्रहरीहरुले गिरफ्तार गरेका छन् । किशोरहरूको समूहले फिलाडेल्फियाको सेन्टर सिटीका पसलहरूमा पसे र प्लास्टिकका झोलाहरू टन्न लुटेका समानहरु लिएर बेपत्ता भएका छन् ।

एक एप्पल पसल करिव ८ बजे राति तोडफोड गरे र लुटेका थिए । मंगलबार र प्रहरीले भागेका किशोरहरूलाई खेदे र एक ठाउँमा झरेका एप्पलका संचार थानहरु (आईफोन)हरू र “आईप्याडहरूको थुप्रो” बरामद गरेको प्रहरी विज्ञप्तिमा भनिएको छ।

एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै एनबिसी१० फिलाडेल्फियाले लुलुलेमोन स्टोर(पसल)बाट किशोरहरु देखिएका १०० भन्दा बढी व्यक्तिले चोरी गरेका थिए।

लुलुलेमोनबाट बाहिर निस्किरहेको टाउको छोप्ने गरि लगाईएको लुगा (हुडी) र मुखावरण लगाएका व्यक्तिहरूलाई प्रहरी अधिकारीहरूले धेरैलाई समातेर फुटपाथमा ल्याइरहेको अङ्कियदृश्य (भिडियो)मा देखाईएको छ ]

कसैलाई चोटपटक लागेको छैन भने एक सुरक्षकर्मी (गार्ड)लाई आक्रमण गरिएको थियो।

प्रतिक्रिया