आर्थिक चलायमान गर्न सङ्घीय सरकारले विकास निर्माण कार्यलाई तिव्रता दिनु पर्छ–नेमकिपा अध्यक्ष बिजुक्छे

इनेप्लिज २०८० असोज ९ गते २३:०५ मा प्रकाशित

विराटनगर, ९ असोज : नेपाल मजदूर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले मुलुकमा आर्थिक चलायमान गर्न सरकारले पूँजीगत खर्च गर्नुपर्ने बताउनु भएको छ।

पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले ढुकुटीमा रकम थन्काएर होइन कि विकास निर्माणमा तिव्रता दिएर खर्च गरेमा नागरिकले रोजगार र बजारमा रकम आउनाले आर्थिक चलायमान हुने प्रष्ट पार्नु भयो ।

उहाँले सङ्घीय सरकारले प्रदेश र पालिकाकालाई आफसँग रहेको अधिकार प्रत्यायोजन गरेमा मात्र सहि अर्थमा सङ्घीयताको मर्म लागु हुने धारणा राख्नु भयो ।

उहाँले सुनतस्करी, भूटानी शरणार्थी र ललिता निवास जस्ता अपराधिक कार्यको छानवीन न्यापालिका तथा प्रहरी प्रशासनबाट गरेमा मात्रसत्यतथ्य सार्वजनिक हुने विचार राख्नु भयो ।

अध्यक्ष बिजुक्छेले समाजमा साम्प्रदायिक सद्भाव कायम गर्न एक अर्काले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्ने जोड दिनु भयो ।

उहाँले पार्टीको संगठन विस्तारका लागि तराई, पहाड र हिमालका घरघरमा कार्यकर्ताहरुले विधारधारा पु¥याउने कार्य अहिलेदेखि सुरुवात गरेको जानकारी दिनु भयो ।

प्रतिक्रिया