विराटनगर, ८ असोज : उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सीमाक्षेत्रमा हुने तस्कारी तथा अवैध कारोवारलाई पूर्ण रुपमा बन्द गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मर्यादा विपरीत कार्य गर्ने जोकोहीलाई कानूनी कारवाही हुने बताउनुभएको छ ।
गृहमन्त्री श्रेष्ठले सीमाक्षेत्रमा निगरानी बढाएकै कारण राजस्वमा वृद्धि भएको भन्दै पहिचान सहितको सङ्घीयता अपरिहार्य छ भन्नुभयो ।
उहाँले राज्यलाई अप्ठ्यारोमा पार्ने काम प्राथमिकताका आधारमा छानबिन हुँदै जाने भन्दै सरकार सुशासनको अभियानलाई निरन्तरता दिएको छ भत्रुभयो ।
गृहमन्त्री श्रेष्ठले सुन प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बत्रे भन्दै सरकार आइपिएसमा सहभागी नहुने जानकारी दिनुभयो ।
प्रतिक्रिया