आर्थिक चलायमान एवं संस्कृति संरक्षण गर्न सडक महोत्सव

इनेप्लिज २०८० असोज ७ गते १२:४४ मा प्रकाशित

विराटनगर,७ असोज । विराटनगरको व्यवसायलाई आर्थिक चलायमान तथा लोपन्मुख समुदायको संस्कृति संरक्षण गर्न सडक महोत्सवको आयोजना हुने भएको छ।

यस क्षेत्रमा वसोवास गर्ने लोपन्मुख समुदायको खानाको परिकार, भेषभुष संरक्षण गर्ने गर्ने उद्देश्यले मन्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेशनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको महेन्द्र चोकमा यही असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म महोत्सवको आयोजना गर्ने जनाएको छ।

महोत्सवमा नेवारी,थारु, मैथली, राजवंशी, सन्थाल, मारवाडी लगायतका अन्य विभिन्न समुदायका खानाको परिकारको २५ बटा स्टल राखिने क्रिएयसन मूभिजका अध्यक्ष अध्यक्ष जतीन ताम्राकारले जानकारी दिनु भयो ।

महोत्सवमा स्थानीय र काठमाण्डौका कलाकारले सांस्कृतिक कार्यक्रम प्रदहर्शन गर्ने छन् ।

अपरान्ह दुई बजेदेखि शुरु भई साँझ ९ बजेसम्म सञ्चालन हुने महोत्वमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ।

महोत्सवमा नेपाल र भारतका गरी एक लाख दर्शकले अवलोकन गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया