विराटनगर,४ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा शान्ति सुरक्षा सुदृढ गर्ने सुरक्षा निकायको महत्वपूर्ण योगदान रहेको बताउनु भएको छ।
आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा आज विराटनगरमा आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायव महानिरीक्षक राजेशनाथ वाँस्तोला र सशस्त्र प्रहरी वल नेपाल नं १ वराह वाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनिकुमार पोखरेललाई रु ४७ लाख मूल्य बरावरको विभिन्न विपद् सामाग्री हस्तान्तरण गर्दै सो विचार व्यक्त्त गर्नु भएको हो ।
मुख्यमन्त्री कार्कीले मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्नु हामीसबैको कर्तव्य हो भन्दै नेपालको आर्थिक प्रगति , राजनीतिक स्थायित्व, राष्ट्रिय एवं प्रदेशको पहिचानलाई कायम राख्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले वर्तमान अवस्थामा समाजमा आत्महत्या गर्ने क्रम वृद्धि भएकोमा चिन्ता व्यक्त गर्दै सुरक्षा निकायले आत्महत्या न्यूनिकरण गर्न आयोजना गर्ने सचेतना कार्यमा प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले दुई सुरक्षा निकायले यसलाई जनमैत्री फोर्सको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै सार्वभौमिक सत्ता देखि लिएर सुदृण सुरक्षा कायम गर्नुपर्ने आवश्यक्त्ता औल्याउनु भयो ।
मुख्यमन्त्री कार्कीले जनताको हक अधिकार कायम राख्ने कार्यमा नेपालको संविधान उत्कृष्ट रहेको विचार राख्दै संविधानले मानव अधिकारी,मौलिक हक अधिकार ग्यारण्टी गरेको जुन विश्वका अन्य मुलुकमा ज्यादा रहेको प्रष्ट पार्नु भयो ।
दुई सुरक्षा निकायलाई ड्रोन सहित विभिन्न २२ प्रकारका विपद् सामाग्री हस्तान्तरण गरिएको थियो ।
प्रतिक्रिया