इनास अमेरिकाको राष्ट्रिय अधिवेसन मेरिल्याण्डमा हुदै

इनेप्लिज २०८० असोज ४ गते १:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको राष्ट्रिय अधिवेसन मेरिल्याण्डमा हुने भएको छ । आगमी सेप्टेम्बर २४ का आइतबारका दिन नाटिंङ्गगम स्थित नेपालीद्वारा संचालित फ्यामिली किचेन नामक चमेनागृहमा आयोजना हुनेछ ।

११ :३० बजे देखि संस्थागत रुपमा आन्तरिक बैठक १ बजे सम्म रहने छ भने १ बजे पछि अन्य अतिथि तथा अतिथि कलाकारहरुलाई आमन्त्रित गरिएको छ ।

अन्य अतिथि तथा अतिथि कलाकारहरुलाई १ बजे दिवा भोजनको व्यवस्था गरिएको छ । औपचारिक कार्यक्रम १ :३० देखि सुरु हुने इनास अमेरिकाका राष्ट्रिय महासचिव राहुल केसीले ईनेप्लिजलाई बताए ।

अन्तमा नाचगान सहितको रमाइलो तथा मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिने छ । केही कलाकर्मीहरुलाई बिशेष सम्मान समेत गरिने भएकोले स्थानीय सबै संघ/संस्थाका प्रतिनिधिहरुलाई समेत यसै मार्फत निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया