अमेरिकाको फ्लोरिडा राज्यमा जोडिएको घरको आफ्नै रूख काट्ने छिमेकीको छोरालाई गोली हान्दा छिमेकीको मृत्यु भएको छ ।
गोली हान्नेलाई पक्राउ गरिएको र हत्याको आरोप लगाईएको छ ।
भोलुसिया काउन्टी ,फ्लोरिडामा गत आइतबार साँझ आफ्नो छिमेकीको ४२ वर्षीय छोरालाई गोली हानेर हत्या गरेपछि सोमबार बिहान एक व्यक्तिलाई गिरफ्तार गरिएको भोलुसिया शेरिफको कार्यालयले सामाजिक सॅजालमा प्रकाशन गरेका छन ।
७८ बर्षिय एडवर्ड ड्रुजोलोस्कीले ब्रायन फोर्डलाई गोली हान्नु र धम्की दिनु अघि उसको सम्पत्तिमा रहेको बारे झगडा र वादविवाद भएको सिएनएनले जनाएको छ ।
अदालतका कागजातहरू अनुसार गोलाबारी हुँदा फोर्डको ८ वर्षीय छोरा नजिकै रहेको उल्लेख छ ।
प्रतिक्रिया