विराटनगर, ३ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति वितृष्णा फैलिन नदिन राजनीतिक दलहरु गम्भीर भएर सोच्नु पर्ने बताउनु भएको छ।
कोशी प्रदेश सरकारद्वारा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित ‘ संविधान दिवस–२०८०’ मूल समारोहलाई सम्बोधन गर्दै उहाँले उहाँले नेपालको संविधानमा स्थापित नागरिक अधिकारलाई कार्यान्वयन गर्न स्थापना भएको सङ्घीयतालाई बलियो बनाउनु पर्ने धारणा राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक अवस्था अहिले गम्भीर मोडमा रहेको बताउँदै यसप्रति दलहरु सचेत हुन आग्रह गर्नु भयो ।
उहाँले प्रदेशमा राजनीति स्थिरता कायम राख्नका लागि सरकार निर्माणमा सहमती कायम गर्न दलहरुलाई आव्हान समेत गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले लोकतन्त्र स्थापनामा शहीद भएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
उहाँले नवौँ संविधान दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण दाजु, भाई, दिदी बहिनी प्रति हार्दिक शुभकामना व्यक्त्त गर्नुभएको छ ।
वरिष्ठ अधिवक्त्ता चुडामणि आचार्यले संंविधानको कार्यान्वयन, अवसर र चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधान कार्यान्वयन, अवसर र चुनौतीका विषयमा विद्यालय स्तरीय भएको पकृत्वकला प्रतियोगिताको विजयी छात्रा तर्फ प्रथम एन्जल राई, द्वितीय स्वीकृति अधिकारी र तृतीय उषासिंह कार्की तथा छात्र तर्फका प्रथम, द्वितीय र तृतीय क्रमश ः सुभम ढकाल, सफल तिमल्सेना र अनुपम काफ्लेलाई नगद पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नु भयो ।
समारोहमा कोशी प्रदेश सरकारका मन्त्री, उपसभामुख, उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश, जिल्ला अदालतका प्रमुख न्यायाधीश, सुरक्षा निकायका प्रमुख, संसदीय दलका नेताहरु, सांसाद एवं मन्त्रालयका सचिवहरु र सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया