जे.पी. शीला प्रतिष्ठानको स्थापना र साहित्यिक कार्यक्रम

इनेप्लिज २०८० भदौ ३१ गते १३:४९ मा प्रकाशित

काठमाडौँ, भाद्र ३१, २०८०

साहित्य, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले काठमाडौँमा जे.पी. शीला प्रतिष्ठानको स्थापना गरिएको छ । राजनीतिज्ञ एवं समाजसेवी जे.पी. नेपाल र समाजसेवी शीला पोखरेल नेपालले निजी स्रोतबाट सो प्रतिष्ठान स्थापना गर्नभएको हो ।

काठमाडौँमा आयोजित एक समारोहमा बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र प्रतिष्ठानका संस्थापकद्वय जे.पी. नेपाल तथा शीला पोखरेल नेपालले बिरुवामा जल सिञ्चन गर्दै संयुक्त रुपमा उक्त प्रतिष्ठान स्थापना गरिएको घोषणा गर्नुभएको थियो ।

प्रतिष्ठानका संरक्षक जे.पी. नेपालले ‘यो प्रतिष्ठान नितान्त निजी स्रोतबाट स्थापना गरिएको, यस प्रतिष्ठानले साहित्य तथा संस्कृतिको क्षेत्रमा नियमित रुपमा उल्लेखनीय कार्य गर्ने र साहित्यले समाजलाई सकारात्मक दिशामा अघि बढाउँने दिशामा कार्य गर्ने’ बताउँनु भयो ।

प्रमुख अतिथि बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ ले ‘यस किसिमको प्रतिष्ठान स्थापना हुनु निकै महत्वपुर्ण कार्य हो प्रतिष्ठानले साहित्य, कला, संगीतको क्षेत्रमा अब्बल योगदान पु¥याउने आशा व्यक्त गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अबको साहित्यले समाजलाई बाटो देखाउँने कार्यमा अग्रसर हुनुपर्ने र जे.पी. शीला प्रतिष्ठानले समाजमा विशेष महत्वका कार्य गरोस्’ भन्नुभयो ।

सो अवसरमा प्रतिष्ठानले ‘साहित्य र संस्कृतिको सम्वद्र्धनमा स्रष्टाको भुमिका’ विषयक अन्तकृया कार्यक्रमको आयोजना गरिएको थियो । डा. दामोदर पुडासैनी ‘किशोर’द्वारा संयोजन गरिएको अन्तरकृया कार्यक्रममा टोखा नगरका नगरप्रमुख प्रकाश अधिकारी, प्रतिष्ठानका संरक्षक जे.पी. नेपाल, प्रतिष्ठानकी अध्यक्ष शीला पोखरेल नेपाल साहित्यकारहरू उमेश पाण्डे, रेणु अधिकारी ‘मौनता’, राजेन्द्र घिमिरे ‘सागर’, दीपक बानियाँ, उत्तम विचार भेटुवाल, तारा के.सी., ज्ञान्दारी कैनी, यशोदा अधिकारी, अर्जुन तिवारी, विष्णु घिमिरे, विष्णुमाया घिमिरे, पार्वती पुडासैनी, एच.के. धिताल, देवी घिमिरे, गायत्री धिताल, लीला बानियाँ लगायतका स्रष्टाहरूले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा स्रष्टाहरूले आआफ्ना सिर्जना वाचनपनि गरेका थिए ।कार्यक्रमको पछिल्लो खण्डमा साहित्यका, कलाकार तथा सांस्कृतिकर्मीहरूले तीजलाई भड्किलो नबनाई सभ्य, सुसंस्कृत र फलदायी बनाउँने धारणा राख्दै नाचगान समेत गरेका थिए ।

सभाध्यक्ष एवं जे.पी. शीला प्रतिष्ठानकी अध्यक्ष शीला पोखरेलले प्रतिष्ठानले साहित्य र संस्कृतिको क्षेत्रमा यस वर्ष गर्ने कार्यको कार्यतालिका छिट्टै प्रकाशित गर्ने र यस किसिमको संस्था स्थापना गर्न पाउँदा गौरवको महसुस भएको बताउँनु भयो ।

साहित्यकार तारा के.सी.ले कार्यक्रमको सञ्चालन एवं संयोजन गर्नुभएको थियो ।

प्रतिक्रिया