काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को ११ औं वार्षिक साधारण सभा २०८० भाद्र ३० गते सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिका सहकारी बिभागका बिभाग प्रमुख तिर्थ राज थापा मगर को प्रमुख आतिथ्यमा तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त साधारण सभामा ७५ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि थापा मगरले सहकारीले स्वच्छ निष्पक्षकासाथ काम गर्नु पर्ने बताउनुहदै सियर सदस्यहरुलाइ विस्वासको वातावरण वनाउनु पर्ने अनि मात्र सहकारी राम्रो सँग अघि बढ्न सक्ने विस्वाश ब्यक्त गर्नुहुदै नगरपालिका तथा सहकारी बिभागको सधै साथ र सहयोग रहिरहने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै संस्थाका अध्यक्ष शोभा आचार्यले सहकारीमा सिएर सदस्यहरु र सञ्चालकको भूमिका उतिकै महत्वपूर्ण हुने बताउनुहुदै सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
सफला थपलीयाले स्वागत मन्तब्य, कोषाध्यक्ष यज्ञ कुमार थापा र सचिव नेमकृष्ण बादे श्रेष्ठले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु,सल्लाहकारहरु र सियर सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया