विराटनगर, २५ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले जनताका जटिलतालाई सहजीकरण गर्न नयाँ ढङ्गले काम थालेको बताउनुभएको छ ।
समाजवादी मोर्चा नेपाल प्रदेश समितिद्वारा आज यहाँ आयोजित ‘प्रदेश स्तरीय सन्देश सभा’लाई उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधामन्त्री प्रचण्डले जनताका समस्यालाई तत्काल सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयबाट ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन भएको र यसबाट जनता अत्यन्त लाभान्वित भइरहेको जनाउँदै सरकार सामाजिक न्याय र सामाजिक सुरक्षा कोषमा पनि काम गरिरहेको जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा कोषमा हाल तीन लाख ५० हजार बैदेशिक रोजगारमा रहेका युवाहरु आवद्ध भइसकेको र निकट भविष्यमै ४० देखि ५० लाख बैदेशिक रोजगारमा रहेका युवाहरु आवद्ध हुने जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भत्रुभयो, ‘ सरकार मिटर ब्याजी र नागरिकताको समस्या पनि समाधान गर्छ ।’
सरकारले वेथिति, विकृति र भ्रष्टाचारको क्षेत्रमा पनि काम गरिहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भत्रुभयो,‘ सन्देश सभाले सरकारलाई नयाँ शक्त्ति प्राप्त गर्न मद्दत गरेको छ ।’
उहाँले जनताका समस्या र टिप्पणी सुत्रलाई हेलो सरकार २४ घण्टै खुला रहेको बताउँदै मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जाँदा नेपालको हितमा धेरै काम भएको भन्दै सरकार विगतको भन्दा फरक ढङ्गले काम गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले छिमेकी राष्ट्र चीनसँगको व्यापार घाटा कम गराउन कृषि र पशुपालनको क्षेत्रमा काम गर्ने भन्दलै संयुक्त्त राष्ट्रसङ्घको सम्मेलनमा जाँदा सेतो हिमाल कालो भइरहेको र यसबाट विश्व समुदायलाई जलवायु परिवर्तन गम्भीर असर पर्ने उद्घोष गर्ने भन्नुभयो ।
उहाँले सोही सभामा नेपाल शान्ति प्रक्रियालाई अन्तिम रुप दिन लागेको जानकारी दिने भन्दै यो मोर्चा चानचुने नभएर निकै महत्व र दूरगामी रहेको धारणा राख्नुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एर्वं पूर्वप्रधामन्त्री माधवकुमार नेपालले मोर्चाले समाजमा निराशा होइन आशाको सञ्चार गर्न खोजेको बताउनुभयो ।
उहाँले समाजमा रहेका नकारात्मक गतिविधिलाई हटाई सकारात्मक बनाउने भन्दै मोर्चाले गौरवशाली समाजवादको सन्देश दिइरहेको कुरामा जोड दिनुभयो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगत १६ वर्षमा १३ पटक सरकार परिवर्तनको खेलले मुलुकमा सङ्घीयता र लोकतन्त्र संस्थागत हुन नसकेको भन्दै संविधानप्रदत अधिकार प्रदेश सरकारले प्राप्त गर्न नसकेको कुरामा जोड दिनुभयो ।
अध्यक्ष यादवले समानता र विभेदको आक्रोश जनतामा बढ्न थालेकाले सरकारले गम्भीर भएर काम गर्नु पर्ने सुझाउँदै राजनीतिक स्थिरता नहुँदा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि नकारात्मक असर परेको उल्लेख गर्नुभयो ।
उहाँले सरकार खुद्रा र चानचुने कुरामा नअल्मलाई ठोस ढङ्गले काम गर्नु पर्ने भन्दै मोर्चा कसैलाई तर्साउन होइन विकृति र विसंगति हटाउनलाई हो भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द(विपल्व)ले नेपालको स्वाधीतनता र समृद्धिलाई बलियो बनाउन मोर्चा गठन भएको हो भन्दै देश र जनतालाई समस्या परेका बेलमा मोओवादी एकजुट हुने धारणा राख्नुभयो ।
मोर्चामा आवद्ध नेता बलदेव चौधरी, प्रवेश हमाल र रकम चेम्जोङले पनि मोर्चाको उपादेयतामाथि प्रकाश पार्नुभएको थियो ।
प्रतिक्रिया