नेदरल्याण्ड्सको एक अदालतद्वारा पूर्व पाकिस्तानी क्रिकेट खेलाडीलाई सांसदलाई हत्या गर्न इनाम दिने प्रस्ताव गरेकोमा १२ वर्षको कारागार सजाय

इनेप्लिज २०८० भदौ २५ गते ११:३४ मा प्रकाशित

नेदरल्याण्ड्सको एक अदालतले पूर्व क्रिकेट खेलाडीलाई सांसदलाई हत्या गर्न इनाम दिने प्रस्ताव गरेकोमा १२ वर्षको कारागार सजाय सुनाएको छ ।

नेदरल्याण्ड्सको एक अदालतले सोमबार एक पूर्व पाकिस्तानी क्रिकेटरलाई इस्लाम विरोधी सांसद गीर्ट वाइल्डर्सको हत्या गर्न मानिसहरूलाई उक्साएको आरोपमा १२ वर्षको झ्यालखाना सजाय सुनाएको छ।

३७ वर्षीय खालिद लतिफलाई वाइल्डर्सको हत्या गर्ने जो कोहीलाई २१,००० युरो (२३,००० डलर) को इनाम प्रस्ताव गरेको आरोप लागेको थियो। लतिफ मुद्दाको लागि एम्स्टर्डमको सिफोल बिमानस्थल नजिकैको उच्च सुरक्षा अदालतमा उपस्थित भएनन् र उनलाई कुनै वकिलले प्रतिनिधित्व गरेनन भनि एबिसीन्यूजले जनाएको छ ।

उनी पाकिस्तानमा रहेको विश्वास गरिएको छ भने नेदरल्याण्डसँग कुनै सुपुर्दगी सम्झौता छैन भनि समाचारमा उल्लेख गरिएको छ ।

सुनुवाई अवधिमा लतिफको नामबाट पहिचान भएन । तर अभियोजनकर्ताहरूले एक वक्तब्यमा सन् २०१८ एक बिधुतिय संचारमाध्यममा प्रकाशन गरिएको अङ्कियदृश्य (भिडियो)मा एक प्रसिद्ध पाकिस्तानी क्रिकेटरले वाइल्डर्सको हत्याको लागि पैसा प्रस्ताव गरेको देखाइएको थियो। वाइल्डर्सले आफैले संदिग्ध लतिफको रूपमा पहिचान गरेका थिए ।

फैसलाको लागि उपस्थित डच सांसद वाइल्डर्सले इस्लामको कडा आलोचनाका कारण आफ्नो ज्यानलाई बारम्बार धम्की दिएका कारण वर्षौंदेखि चौबीसै घण्टा सुरक्षामा बाँचिरहेका छन्।

लतिफलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रकाउ पूर्जी (वारेन्ट) जारी गरिएको छ । अभियोजकहरूले सन् २०१८ देखि उनीसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् भने यद्यपि उनीहरूले पाकिस्तानी अधिकारीहरूबाट कुनै जवाफ नपाएको बताएका छन्।

सन् २०१७ मा ३७ बर्षिय लतिफलाई पाकिस्तानको एक प्रतियोगितामा खेल उल्टाउने (म्याच फिक्सिङ )काण्डमा भूमिकाको लागि सबै प्रकारका क्रिकेटबाट पाँच वर्षको लागि प्रतिबन्ध लगाइएको थियो।

प्रतिक्रिया