कोशी प्रदेशमा राजनीतिक स्थिरता ल्याउन दलहरुवीच सहकार्य आवश्यक छ – जसपा अध्यक्ष यादव

इनेप्लिज २०८० भदौ २५ गते ११:१० मा प्रकाशित

विराटनगर,२५ भदौः जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता ल्याउन दलहरुवीच सहकार्य र सहमती हुनुपर्नेमा जोड दिनु भयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाले प्रदेशमा राजनीतिक स्थिरता कायम गरी जनताका आवाज दलहरुले सुन्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष यादवले समाजवादी मोर्चा नेपाली कांग्रेसको सल्लाहमा निर्माण भएकोले यसले नेकांलाई मद्दत गर्नेहुनाले कुनै किसिमको भ्रम रहे त्यो हटाउन आग्रह गर्नु भयो ।

उहाँले मोर्चाले नेकांसँग सहकार्य गरी आगाडि वढेने र एक अर्काकोे सहयोगी रहेको दावी समेत गर्नु भयो ।

अध्यक्ष यादवले लोकतन्त्र, आर्थिक विकास , समृद्धि र सङ्घीय गणतन्त्रलाई संस्था गरी अगाडि वढ्न मोर्चा र नेकां एक अर्कावीच सहकार्य गर्ने प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया