डिसी महानगर क्षेत्रमा सन् २००१ मा स्थापित अर्थात् २२ बर्ष अगाडी नेवा समुदायद्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेवाः अर्गनाईजेसन अफ अमेरिका ( एनओए )ले ११ औ इन्द्र जात्रा)भव्यताको साथ मनाउने भएको छ ।
गत सेप्टेम्बर ९ शनिबारका दिन एनओएले आगामी अक्टोबर ७ शनिबारका दिन येन्या पुन्हि (इन्द्र जात्रा) मनाउने तयारी सम्बन्धि समुदायलाई बिशेष जानकारी दिएका छन् ।
नेवाः अर्गनाईजेसन अफ अमेरिकाका अध्यक्ष महेन्द्र प्रधान लगायत ,प्रथम उपाध्यक्ष राजेश लाल श्रेष्ठ ,द्वितीय उपाध्यक्ष दिभाकर धौभडेल तथा महासचिव बबिता श्रेष्ठले कार्यक्रमबारे बिस्तृत जानकारी दिनुको साथै ईनेप्लिजले राखेको जिज्ञाशाको उत्तर दिएका थिए ।
उनीहरु सबैले सबै नेपाली समुदायलाई सहभागिताको लागि आह्वान गर्नुको साथै सौजन्य गर्न चाहना राख्ने सबैलाई ढोका खुला राखिएको बताए । अझ पनि जो कोही सौजन्य (स्पोन्सर )गर्न चाहना राख्नेले सबै पदाधिकारीहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।
ठूलो खर्च लाग्ने हुनाले सहयोग स्वीकार गरिने बताए । पदाधिकारीहरुले उत्सव १२ बजे देखि सुरु हुने बताए।
यस बर्ष पनि अमेरिकाको मेरिल्याण्डमा अमेरिका मै निर्माण गरिएको कुमारी सहितको रथमा राखेर येन्या पुन्ही (इन्द्र जात्रा) मनाइने छ । यो बर्ष पनि कुमारी सहितको रथ तानेर नेपाली समुदायलाई नेपाल कै झझल्को दिइने छ । नेपाली समुदाय इन्द्र जात्रा मनाउन र रथ तान्न अमेरिकाका विभिन्न राज्यहरुबाट पनि सहभागिता जनाउने अपेक्षा गरिएको आयोजकले बताए ।
बिगत बर्षहरुमा कुमारीलाई प्रस्तुत गर्दै नरसिंह अवतारले हिरण्यकशिपु बध गरिएको नाटक प्रस्तुत गरिएको थियो । हिन्दू धर्मका अनुसार नृसिँह “नरसिँह” अवतार भगवान विष्णु चौथो अवतार हो। दैत्यराज हिरण्यकशेपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उदार गर्नका निमित्त विष्णु भगवानले नरसिँहावतार धारण गर्नु परेको थियो।
हिन्दु धर्म ग्रन्थका अनुसार कश्यप ऋषिको पत्नी दितीको गर्भबाट दुईटा बालक हिरण्याक्ष र हिरण्यकशेपु पैदा भएका थिए यिनिहरू ठूलो भए पछि जताततै उप्रदव मचाउन थाले। हिरण्याक्षलाई बराह भगवानले मारेका थिए ।
उक्त कार्यक्रममा नेवा समुदायको परम्परागत भोज समय बजी सम्पूर्ण सहभागी अतिथिहरुलाई निशुल्क खुवाईने छ । लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्यको साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिने छ ।
प्रतिक्रिया