अमेरिकाको पेनसेल्भेनिया राज्यको फिलाडेल्फियामा हत्याको अभियोगमा दोषी ठहरिएका ११ दिन अगाडी फरार रहेका कैदी ड्यानेलो क्याभाल्कान्टे दाह्री जुँगा खौरीएर चिटिक्क परि अर्को पोशाकमा देखीएका छन ।
फरार रहेका कैदीलाई ११ औ दिन सम्म पनि फेला पार्न सकिएको छैन । फरार रहेका काभाल्कान्टे बदलिएको रुपमा देखिएको पेन्सिलभेनिया प्रहरीले जनाएकोछ । क्याभाल्कान्टेलाई शनिबार अलिक अबेर कैदी दाह्री जुँगा खौरीएर चिटिक्क परेको अवस्थामा देखिएका छन् ।
ड्यानेलो काभाल्कान्टेलाई चेस्टर काउन्टीको उत्तरी क्षेत्रको फिनिक्सभिल शहर नजिकै देखिएको राज्य प्रहरी अधिकारीहरूले आइतवार बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनि कसरी उक्त कारागारबाट भागेको अङ्किय दृश्य( भिडियो) समेत सार्वजनिक गरिएको छ। फरार कैदी अगस्त ३१ का दिन चेस्टर काउन्टी कारागारबाट दुई पर्खालहरूलाई आड बनाएर हात र खुट्टाले आधार बनाउदै तार पार गरेर बाहिर निस्किएका थिए ।
उनि फरार रहे पछि आपराधिक गतिविधिको कुनै पनि संकेतहरु जाँच्न तपाईहरुको आफ्नो कार(सवारी साधन) र घरभवन बाहिर जाँच गर्न प्रहरीले सबैलाई आग्रह गरेका छन ।
फरार रहेका कैदी हत्याको मुद्दा गत महिना आजीवन कारावासको सजाय पाएका थिए । आफ्नी ३३ वर्षीया पूर्व प्रेमिकालाई छुरा प्रहार गरेको अभियोगमा क्याभाल्कान्टलाई अगस्त १६ मा प्रथम श्रेणीको हत्याको दोषी ठहर गरिएको थियो। उनलाई गत हप्ता बिना प्यारोल(सजाय माफी )आजीवन कारावासको सजाय सुनाइएको थियो।
चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता देब रायनका अनुसार उनी भाग्नु अघि चार हप्तामा राज्य सुधार संस्थामा सरुवा हुने तय गरिएको थियो।
सन् २०२१ मा उनले आफ्ना छोराछोरीको अगाडि करिब तीन दर्जन पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। उनी केही वर्षअघि ब्राजिलबाट फरार भएर अमेरिका आएका आएका थिए ।
उनी पोर्चुगाली ,स्पनेली र अङ्ग्रेजी भाषा बोल्ने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनकी आमाले ब्राजिलबाट आत्मसमर्पण गर्न समेत आह्वान गरेकी छिन ।
प्रतिक्रिया