फिलाडेल्फियामा हत्याको अभियोगमा दोषी ठहरिएका फरार कैदी नवौ दिन सम्म फेला परेनन् , उनको सुरक्षा गर्ने सुरक्षाकर्मी बर्खास्त

इनेप्लिज २०८० भदौ २२ गते २३:३६ मा प्रकाशित

अमेरिकाको फिलाडेल्फियाबाट हत्याको अभियोगमा दोषी ठहरिएका फरार रहेका कैदीलाई नवौ दिन सम्म पनि फेला पारिएको छैन । उनको सुरक्षाको लागि खटिएका सुरक्षाकर्मीले नदेखे पछि उनलाई बर्खास्त गरिएको सिएनएनले श्रोत नखुलाई समाचार लेखेको छ ।

उनि कसरी उक्त कारागारबाट भागेको अङ्किय दृश्य( भिडियो) समेत सार्वजनिक गरिएको छ। पेन्सिलभेनिया कारागारबाट करिब १.५ माईल टाढा पोकोप्सन उप नगर (टाउनशिप)मा भेटिएका थिए भने उनी गत बिहीबार भागेका थिए।

फरार कैदी डेनेलो क्याभाल्कान्टलाई गत शनिबार सेप्टेम्बर २ का दिन बिहान एक आवासीय निगरानी अङ्कीयचित्रक (क्यामेरा)मा कैद गरिएको चेस्टर काउन्टी जिल्ला अधिवक्ताले बताए ।

हामी पुष्टि गर्न सक्छौं कि कर्तब्य (ड्युटी)मा रहेका सुधार अधिकारी जब डेनेलो क्याभाल्कान्ट भागे पछि हिजो दिउँसो उनलाई बर्खास्त गरिएको स्रोतले सिएनएनलाई बताएको छ । उनी कारागारमा १८ बर्ष वर्षका अनुभवी थिए, श्रोतले सिएनएनलाई भन्यो ।

फरार कैदी अगस्त ३१ का दिन चेस्टर काउन्टी कारागारबाट दुई पर्खालहरूलाई आड बनाएर हात र खुट्टाले आधार बनाउदै तार पार गरेर बाहिर निस्किएका थिए ।

उनको खोजीको लागि थुप्रै मानिसहरु खटाईएको पेन्सिलभेनिया राज्य प्रहरी अधिकारी जर्ज बिभेन्सले शुक्रबार पत्रकारहरूलाई भने। उनले लगभग ४०० सय जना मानिसहरू खोजमा लागेको बताए । दोषी भएका हत्यारा कैदी भाग्ने यो वर्ष पेन्सिलभेनिया कारागार यो दोश्रो हो ।

फिलाडेल्फियाबाट ३० माईल पश्चिम कारागारबाट भागेको क्षेत्र नजिकैका बासिन्दाहरूलाई त्रसित बनाएको छ र पीडितको शोकमा परेका परिवारमा डर पैदा गरेको छ।

र ,लगभग आठ वा नौ विश्वसनीय दृश्यहरू सहित क्याभाल्कान्टको थप दृश्यहरू प्राप्त भएको बिभेन्सले शुक्रबार बताए । उनि फरार रहे पछि आपराधिक गतिविधिको कुनै पनि संकेतहरु जाँच्न तपाईहरुको आफ्नो कार(सवारी साधन) र घरभवन बाहिर जाँच गर्न प्रहरीले सबैलाई आग्रह गरेका छन ।

फरार रहेका कैदी हत्याको मुद्दा गत महिना आजीवन कारावासको सजाय पाएका थिए । आफ्नी ३३ वर्षीया पूर्व प्रेमिकालाई छुरा प्रहार गरेको अभियोगमा क्याभाल्कान्टलाई अगस्त १६ मा प्रथम श्रेणीको हत्याको दोषी ठहर गरिएको थियो। उनलाई गत हप्ता बिना प्यारोल(सजाय माफी )आजीवन कारावासको सजाय सुनाइएको थियो।

चेस्टर काउन्टी जिल्ला न्यायधिवक्ता देब रायनका अनुसार उनी भाग्नु अघि चार हप्तामा राज्य सुधार संस्थामा सरुवा हुने तय गरिएको थियो।

सन् २०२१ मा उनले आफ्ना छोराछोरीको अगाडि करिब तीन दर्जन पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। उनी केही वर्षअघि ब्राजिलबाट फरार भएर अमेरिका आएका आएका थिए ।

उनी पोर्चुगाली ,स्पनेली र अङ्ग्रेजी भाषा बोल्ने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनकी आमाले ब्राजिलबाट आत्मसमर्पण गर्न समेत आह्वान गरेकी छिन ।

प्रतिक्रिया