कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त एवं मन्त्रिपरिषद गठन

इनेप्लिज २०८० भदौ २२ गते २१:५० मा प्रकाशित

विराटनगर,२२ भदौ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई आज साझँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गरी आज शपथ ग्रहण गराउनु भएको छ ।

प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३ ) वमोजिम मुख्यमन्त्रीमा नियुक्ति गरि पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

यसैगरी प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री काकीद्वारामन्त्रिपरिषद गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा( ९ ) वमोजिम तिलकुमार मेन्याङवो(लिम्वु)लाई खानेपानी, सिंचाई तथा उर्जा मन्त्री,पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्की लाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राइलार्ई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गर्नु भएको छ।

प्रदेश प्रमुख खापुङ्गले मेन्याङ्वो, राई, र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

यसैगरी मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।

शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा,प्रदेश सभा सदस्यहरु,प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलहरुका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया