क्रान्ति क्रान्तिप्रतिको आवेग, पीडा र अवसान !

सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र २०८० भदौ २१ गते ११:३८ मा प्रकाशित

सीता ओझा । मुसोलिनीले आफुलाई समाजवादी भन्दै सन १९२५ मा इटली आफ्नो कब्जामा लिए । आफू सत्तामा आएपछि परिवर्तनको व्यवस्थापन गर्नु पर्छ,सत्ताबाट आम नागरिकले आशा गरेको हत्या र आतंक होइन भन्ने जति सखाप पारे।विपक्षमा बोलेको कारण आफ्नै ज्वाईलाई सन १९४४ जनवरी ११ मा झुन्डिएर मारे । पिताको षड्यन्त्रले पतिलाई झुन्डाइदैछ भन्ने आशंकामा दुइदिन अगि मुसोलिनिकी छोरी भेष बदलेर भागेको कारण बचिन् । मुसोलिनिले सत्ता र यौनको उनमातले आफ्नै श्रीमती र छोरो मारे र सौतेनी बहिनीसँग सम्बन्ध बनाए । छोरीलेदपिता मुसोलिनीको ज्यादती सहन नसकेर भेष बदलेर भागिन र बाबुको थर त्यागेर पति कायनोको नामले चिनिएर बाँकी जीवन बिताउने प्रण गरिन् ।

हिटलर पहिलो विश्वयुद्धका अनुभवी थिए । प्रथम विश्वयुद्धमा जर्मनी माथि भएको ज्यादतीको विरूद सन् १९१९मा राष्ट्रिय समाजवादी जर्मन मजदुर पाटीको सदस्यता लिए र सन् १९२१ मा सोही पार्टीको नेता बने । सन् १९२३ मा उनले “कु” को प्रयास गरेको कारण जेल परे । सन् १९२४ मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गर्दै बृहत जर्मन भाषिक कारण देखाए ।त्यसपछि यहूदी र कम्युनिस्ट बिरोधी गतिविधिलाई आफ्नो वकतृत्वकलाद्वारा लोकमा प्रियता स्थापित गरे । उनको यहि लोकप्रियताले सन् १९३३ मा जर्मनीको चान्सलरमा नियुक्त भएपछि गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय अधिनायकवादी र निरंकुश शासनमा रूपान्तरण गरे ।

अन्धराष्ट्रवादको नाराको समर्थनमा सत्ता प्राप्त गरेका हिटलरले सयौ महिलासँग यौन सम्बन्ध राखे । लाखौंको घरवार बिगारे । जिवनको अन्त्यमा सन १९४५ जनवरी १६ मा ३३ वर्षकी इवाब्रुनको साथमा ५६ वर्षको हिटलरले मृत्यु हुनु भन्दा ४० घटना अघि विवाह गरे । अन्त्यमा आफै ,आफ्नै पेस्तोल चलाएर आत्महत्या गरि जीवन लिलाको अन्त्य गरे ।

यस्तै सन्दर्भ जोडिएर विश्वमा राज्य र शासकीय स्वरूपको सञ्चालनका लागि अनेकौं परिकल्पना भए । परिकल्पनाले नयाँ नयाँ सिद्धान्तहरू प्रतिपादन गर्यो । प्रतिपादित सिद्धान्तमा टेकेर मानिसहरूले अनेकौं सिद्धान्तलाई आदर्श बनाए र प्रयोग गरे । त्यो आदर्शको प्राप्तिको लागि आदर्शप्रेमिहरूले परिवर्तनको नाममा अनेकौं प्रकृति र नामाकरणका संघर्ष गरेको इतिहास छ र लाखौं लाखको हत्या भए गरे,गराए इतिहास पनि छ।

कतिपय समाजवादका नाममा भए त कतिपय प्रजातन्त्रको सिद्धान्तको आदर्शको नाममा चपेर लडे । सयौंलाई आन्दोलन भित्र आन्दोलनको नेतृत्व गर्नेहरूले नै मारे । समाजवाद र प्रजातन्त्र जेको नाममा भए पनि प्रत्यक्ष लाभ कसले पायो ? लाभ कति समयसम्म टिक्यो ? त्यो परिवर्तनबाट कति मानिसले शान्ति र सम्वृद्धिको सास फेर्न पाए ? आम नागरिकको सुख र सुविधाको लागि गरिएको परिवर्तनले परिवर्तनको अगुवाको घरपरिवारभित्रको सम्बन्धमा लाभ गर्यो कि हानी ? भन्ने विषयको कहि कतै समीक्षा भएको र ठोस योजना बनेर अघि बढेको भेटिन्न । क्रान्तिकारीहरूको ग्याप / खालीपन यहि छ ।हामी पनि यसैको सिकार भएका छौं ।

यसरी संसारमा भएका अधिकाँस क्रान्ति या परिवर्तनले लाखौलाख मानिसको हत्या, करोडौं बालबालिका टुहुरा,लाखौंको काख रित्याए भने,हजारौं हजार महिलाहरूले एकल भएर बाच्नु पर्यो । अङ्गभङ्ग हुनेको त कुरै नगरौ। युद्धले बस्ती बस्ति उजाडिए, आम नागरिक घरवारविहीन भए र शरणार्थीको जीवन बिताउदै अनेकौं देश चाहार्दै मागेर गुजारा गर्न बाध्य भएका सयौं घटना छन् ।

निहथाहरूलाई मारेर,काटेर,लखटेर,अपहरण गरेर क्रान्तिकारी बन्ने बनाउने होडबाजीमा लाग्नेहरू पनि विश्व भर प्रसस्तै छन् । नेपाल बन्ने र बनाउने इतिहासमा पनि यी र यस्ता घटनाले मानिसको जीवनलाई आहात परेको छ ।

सन १९४२ को अगस्ट १५ को साँझ सात बजेपछि अङ्ग्रेज प्रधानमन्त्री विन्स्टन चर्चिल क्रेमलिन प्रवेश गरे । त्यो समय सोभियत भूमिमा फाँसीवादी अतिक्रमणका विरुद्ध घमासान युद्ध भइरहेको थियो । युद्धको कारण मस्को शहर निकै तनाव ग्रस्त अवस्थामा पुग्यो ।चर्चिल फासीवादीको युद्धले आतंकित बनाएको अवस्थाको अनुगमनको क्रममा सोभियत पुगेका थिए ।त्यहि मौकामा सोभियत संघका प्रमुख स्टालिनले आफ्नो आवास क्रेमलिनमा चर्चिललाई रात्रीभोजको निम्ति पठाए । निम्तोलाई सहजै स्विकारर निम्तो मान पुगेका चर्चिल स्टालिनको आवासमा सजिलै गए ।

क्रेमलिनमा स्टालिनको चार कोठे डेरा थियो ।स्टालिनको आवासमा प्रवेश गरेका चर्चिलले मोलोतोभसँगै उभिएकी एउटी किशोरी देखे । तिनै उभिएकी किशोरीसँग स्टालिनले चर्चिलको परिचय गराउदै भने – उनी स्वेतलाना मेरी छोरी हुन् । स्वेतलानासँगको परिचयपछि चर्चिलले रात्रीभोजमा सँगसगै खाना खाए । स्वेतलानासँग चर्चिलको कुराकानी भयो । कुराकानीमा स्वेतलानाले देखाएको शिष्टता, आफ्ना पिताप्रतिको न्यानो माया र व्यवहारबाट चर्चिल सारै प्रभावित भए ।

उनीहरू रात्रीभोजको गहिरो आनन्द लिइरहेको अवस्थामा स्टालिनका जेठा छोरा याकोभलाई हिटलरको नाजी सेनाले बन्दी बनाएको खवर आयो ।रात्रीभोजसँगसँगै युद्धका समाचारहरू सुनिरहेका थिए। त्यो समाचारले दुवै एकछिन स्तब्ध भए । चर्चिलले खानासँगै स्टालिनको मनोविज्ञान पढिरहेका थिए । यस्तो संवेदनशील परिस्थितिको सम्बोधन गर्दै चर्चिलले स्तब्ध बनेका स्टालिनलाई सहानुभूति प्रकट गरे । चर्चिललाई स्टालिन निष्ठुर क्रान्तिकारी लागेको थियो, –क्रान्तिकारीहरूको पारिवार हुदैन, परिवारमा स्नेह जोडिएको हुन्न भन्ने लाग्थ्यो ,त्यो भ्रमबाट चर्चिल बाहिर निस्के ! परिवार,नाता र सम्बन्धको माया, स्नेहले क्रान्तिकारीहरूको जीवनलाई प्रभावित बनाउदो रहेछ – भन्ने भाव स्टालिनबाट पढ्ने मौका पाए साथै क्रान्तिको जिम्मेवारीको कारण परिवारसँगको खुसी आम नागरिकले झै खुलेर पोख्न सक्दा रहेनछन् भन्ने पनि बुझे ।

त्यही रात चर्चिल र स्टालिनविच नेपोलियनसँगको युद्धको लागि लाल सेना प्रयोग र सामुहिक खेती लगायतका महत्त्वपूर्ण विषयमा संवाद भयो । दुई देशका राजनीतिक नेतृत्व विचको त्यो संवादमा जर्मनसँगको युद्ध र युद्धबाट हुने क्षतिको बारेमा ध्यानाकर्षण गर्ने गराउने विषयले पनि प्रवेश पायो । कुराकानीको विचमा स्टालिनले अनेकौं पटक छोरीलाई भंगेरी भनेर बोलाएको ,नजिकै राखेर चिनाएको कुराले चर्चिललाई अनौठो लागिरहेको थियो ।चर्चिलले कम्युनिस्ट नेताहरूको रात्रीभोजमा पहिलो पटक सहभागी भएका थिए ।

त्यसभित्र एउटा क्रान्तिकारीले छोरीप्रति देखाएको स्नेह देखे । सँगसँगै हिटलरसँगको युद्धमा जेठो छोरो बन्दी भएको र मारिएको खवर पनि सुने र एउटा क्रान्तिकारी भावनात्मक रूपमा विक्षिप्त भएको देख्ने प्रत्यक्षदर्शी भए।

एउटा कम्युनिस्ट क्रान्तिकारीको निजी निवासमा छोरोको निधन,छोरीप्रतिको स्नेह, राष्ट्रिय महत्त्व र जनजिविकासँग जोडिएको विषयमा गम्भीर छलफल गरेको अनुभुति सगैं बफादार क्रान्तिकारीको भुमिकामा स्नेह र प्रेमको सुगन्ध महसुस गर्दै चर्चिल विदा भए ।

स्टालिनकी छोरी स्वेतलानाकापिता स्टनलिनको मृत्युको रहस्य पत्ता नलागेको कारण अशान्त थिइन् । एउटा क्रान्तिकारी योद्धा जसले सोभियत संघको निर्माणमा आफ्नो सम्पुर्ण जीवन दियो ,उ विरामी परेर अर्धचेतन अवस्थामा लडेको बेला त्यो पाटीका नेता र सरकारको नेतृत्व गरिरहेको सहयोद्धाले विरामी नेतालाई अस्पताल पुराउनबाट रोक लगाएको थाहा पाएकी स्वेतलानाले पिताको मृत्यु पछि आफैं असुरक्षित भएको महसुस गरिन् ।

पाटीभित्रको दुई लाइन संघर्षले आफैभित्र चलेको सफाया षड्यन्त्र राम्रोसँग बुझेकी मात्रै होइन शक्तिको लागि पदिय दुरुपयोग र कत्लेआम देखेर उनी अतालिएकी थिइन । क्रान्तिको इतिहासले आम नागरिकमा शान्ति ,सुरक्षा र अभिभावकत्व खोजेको महसुस गरिन् । तर महसुस गरिएको भावनात्मक पक्षको ह्रास भइसकेको थियोे ।

यस्तो मायामा हुर्किएकी प्यारी छोरीले स्टालिनको निधनको १४ वर्षपछि सन १९६७ मार्चको पहिलो तारिकको दिन भारत स्थिति अमेरिकी दुतावासमा शरण लिन पुगिन । पति भारतीय नागरिक सिहको निधनपछि गंगानदीमा अस्तु बगाउने नाममा भारत प्रवेश गरेकी स्वेतलानाले अमेरिकी दुतावासको सहयोग लिएर युरोप हुँदै अमेरिकाको न्युयोर्क पुगेर अमेरिकी शरण लिएको खुलासा गरिन ।

सफाया षड्यन्त्रको डरको कारण सृजना भएको आतंकले असुरक्षित हुदै जोगिन आफ्ना मरेका पति भारतिय नागरिक सिहको अस्तु गंगामा बगाउने बहानामा सुटुक्क भारत छिर्नु कति दुखद क्षण थियोे होला ।

त्यो घटनापछि कति क्रान्तिकारीहरूमा जन्मे र सत्तामा पुगे ? सत्ता र शक्तिको चरम अवसरवादले उनीहरूलाई कहाँ पुर्यायो ।यस्ता विषय अध्ययन गर्न यो एउटा उदाहरण थियो ।

स्टालिनकी छोरीलाई त आफ्नै पिताले जन्माएको पाटी भित्रमा मित्रहरूको भयले असुरक्षित बनायो । विश्वको राजनीतिमा यस्ता सयौं घटनाहरू छन् । यस्तो घटना बुझेकी स्वेतलाना गोर्वाचोभ पाटी सत्तामा आएपछि पुनः सन १९९२ मा सोभिय रूस फर्किन । त्यो बेला पनि उनको लागि वातावरण सहज थिएन र अमेरिका नै फर्केर बाँकी जीवन पूरा गरिन्।

भारतमा पुगेर अमेरिकी दुतावासको सहयोग मार्फत अमेरिका पुगेको खुलासा भएपछि भारतिय प्रधानमन्त्री इन्दिरागाँधीले आफ्नो प्रतिनिधि अमेरिका पठाएर भारत प्रवेश गरेर भारतको सहयोग नलिई अमेरिकी दुतावास मार्फत अमेरिका जानू परेको कारण खोज्न लगाइन । भारतका प्रतिनिधिलाई स्वेतलानाले आफु अमेरिकी सहयोग लिएर आउनुको सम्पूर्ण कारण बताइन र भारतिय प्रतिनिधिको साथमा आफ्ना सन्तानलाई आफुले सोभियत संघ छोड्नु परेको कारण सहितको पत्र लेखिन ।त्यो पत्र भारतीय प्रतिनिधिले सोभियत संघ पुर्याइदिने वचन दिएका थिए । तर इन्दिरागाँधीका ति प्रतिनिधिले त्यो पत्र स्वेतलानाका सन्तान समक्ष पुर्याइदिएनन् । स्वेतलानाले यहाँ धोका पाइन् ।

माओको जेठो छोरा एनिङ्ग सन १९६० मा कोरियाको स्वतन्त्रताको पक्षमा लड्दा लड्दै अमेरिकी सेनाद्वारा कोरियामै मारिए । सन १९२१ मा जन्मिएकी माओकी जेठी छोरी जिन्हुआ लामो समयसम्म आफ्ना मातापिताबाट टाढा भएर किसानहरूसगैँ बस्नुपर्ने अवस्था सृजना भयो । युद्धको समय अथवा क्रान्तिकारीहरूको जीवनमा यो अनौठो कुरा थिएन र होइन र मानिदैन ।

माओले यी घटनालाई स्वभाविक माने तर हाम्रा नेताहरूले यस्ता घटनालाई स्वभाविक मान सकेनन् ।वाद र विचारका प्रवक्ता मानिने नेपाली नेताहरूको कम्जोरी यहीँ देखियो ।

क्रान्तिमा लाग्नेहरूले क्रान्तिलाई माया गर्ने आम जनताले आफ्नो सन्तान र पाटीको नेताको छोराछोरीलाई आफ्नै सन्तान मानेर आफुले आफ्ना सन्तानलाई जे जसरी हुर्काए, नेताका सन्तानलाई त्यहि खुवाएर हुर्काएका हुन्छन भनेर बुझ्न सकेनन् ।

जनताले देखाएको त्यो समानताको सद्भाव नेताले बुझ्न नसकेको कारण पछिल्लो समयमा नेताका सन्तान समाज रुपान्तरणका समस्या बने,बन्दैछन् ।

पछिल्लो अवधिमा हिजो सन्तान जनताको साथमा छोडेको विषयलाई नेपाली नेताले पश्चाताप गरे। हिनताबोधले दुखी भए र जीवनभर सत्ता र शक्तिको दोहोन गरे र बदनाम भएका थुप्रै उदाहरणहरू देखिएका र देखिँदै छन् ।

अहिले समय बदलिएको छ । संगठन गर्ने तौरतरिका र अवसर पाउने अवस्था पनि बदलिएको छ । अवसर दिने र लिने विचको सौदावाजी मिलेपछि विधि,पद्धति तुहिएका सयौं घटनाले इमानदार कार्यकर्ता बलिदान भएका उदाहरण थुप्रै छन् । राजनीतिक परिवर्तनको क्रम सकिएपछि कार्यक्रम विहिन अवस्थामा विकास सम्वृद्धिको सपनाको नारामा चर्किएको छ । समाजवादी नमुनाका ठोस र आधारभूत कार्यक्रम बन्नै सकेका छैनन् ।

हिजो सत्ताको विपक्षमा नारा घन्काउने मानिसहरू नै अहिले सत्तासिन भएकाछन्। तर हिजो तय गरिएका उदेश्य पूरा गरियो कि गरिएन सोच्न,मुल्यांकन गर्न र गरेका कामको विश्लेषण गर्ने विषय अहिलेका दलहरूको चासो र फुर्सदको विषयमा पर्दैन । आम नागरिकले क्रान्तिमा आशा गरे जस्तो प्राप्ति त पाएनन् नै तर स्टालिनकी छोरीले असुरक्षित भएर आफ्नो जन्मभूमि छोड्न बाध्य भए झै दिनप्रतिदिन युवाहरूले देश छोड्दैछन ! भन्ने अनुभूति नेतामा देखिन्न ।

स्वेतलानाले शान्ति र सुरक्षाको लागि देश छोडे जस्तै नेताका सन्तानहरूले अध्ययनको नाममा विदेश पलायन भएका घटनाले नेताहरूलाई संवेदनशील बनाएको देखिन्न / भेटिन्न ।

सन्तान विदेशीँदा या विदेश पठाउदा भविष्य सुरक्षित भएको महसुस गर्ने प्रवृत्तिका नेता भएको हाम्रो देशमा विदेश पठाउनु हुन्न , स्वदेशमै अध्ययन गरौं /गराऔं भन्ने नेता कति प्रतिशत छन ? प्रश्न गम्भीर छ र जताततैबाट उठेको छ ।

आफ्नै सत्ता र आफैं शक्तिमा हुँदा आफैंले सोचेको व्यवस्थामा सन्तानलाई सुरक्षित गराउन नसक्ने व्यवस्थाका नेताका सन्तानले देशको माया बढाउन पढ्छन कि आफू सुरक्षित हुन पढ्छन् ? यो विषय पनि चिन्तन गर्नुपर्ने विषय होला । अहिलेको युवा जनशक्तिले दलहरूप्रति लक्षित गरेका सवालहरू मध्येको यो प्रमुख सवाल हो ।

यस्ता राजनीति दल र राजनीतिज्ञबाट मुलुकले निकास पाउछ कि पाउदैन ? प्रदेश र संघिय निर्वाचनसँग जोडिएर नागरिकहरूले चर्चा र चासो राखेका प्रश्नको जवाफ पाइन्छ कि पाइदैन ।

राजनीतिभित्रको घेराबन्दी र निशेधको विरूद्ध स्वतन्त्र उमेदवारीको चर्चा पनि राजनीतिक अनिर्णय र घेराबन्दी लक्षित निकासका लागि नै देखिन्छ ।यो निकासको दिर्घकालिन असरको बारेमा दलमा छलफल चलेको छ त ?

जेलनेल सहेका नेताले राज्यको शासन चलाउदा, शासक बन्दा भुइमान्छेले न्याय पाउनु पर्ने हो ! तर परिवर्तनले भुइमान्छेको पक्षमा होइन सत्ता र शक्ति टिकाउन धन,डन , मन भएकाहरू खोज्यो । सत्ता टिकाउन सुरा,सुन्दरी र मदिरा चाहियो । सत्ता र संसदमा पहुँच बढाउन दलका नेतालाई विधि पद्धति बुझेका विचारले सुदृढ होइन घन र मन भएका व्यापारी र महिला चाहियो । यस्तो व्यवहारले राजनीतिक दल निरवस्त्र भए। इमानदार कार्यकर्ताले इमानदारी पूर्वक लड्न सकेन र लड्नु बेकार हो भन्ने ठाने । यस्तो निरासाले दलका नेता निर्वाचनका लागि टिकट खरिद ,विक्री गर्ने दलाल भए । सत्ता र शक्तिको पदमा टिकेर व्यक्तिगत लाभमा राजकीय पद किन्न थाले। राजनीतिक जिम्मेवारी तथा राजकीय जिम्मेवारीलाई योग्यतम माने । त्यो र त्यस्तो होइन भन्ने हराउन पर्ने बाध्यता बन्यो ।पाटी चलाउन पैसा दिने,निर्वाचन क्षेत्र केन्द्रीकृत र आफुलाई परेको बेला सहयोग गर्नेलाई हिसाब किताब गरेर टिकट वितरण गर्ने परम्परा सुरू भयो ।

अहिले कम्युनिस्टहरूको बहुदलीय जनवाद/ प्रचण्ड पथ,जनवाद र प्रजातन्त्रवादीको समाजवादको लक्ष्य नै सत्ता र शक्ति प्राप्त गर्ने होडबाजीमा अब्बल हुनु बन्यो ।

हिजोको संघर्ष बलिदानको कथा नेताले सिडि चड्ने भर्याङ बन्यो ।दलसँग रुष्ट भएकाहरूले स्वतन्त्र व्यक्ति रोज्न थाले तर पनि नेपाली राजनीति सङ्लिने छाट देखिन्न ।परिवर्तनले उठाएका मुद्दाको सम्बोधन र व्यवस्थापन गर्न नजान्दा र आफ्नु शक्ति र जनचाहाना नबुझ्दा पद,शक्ति र सत्ताले पनि छोड्छ भन्ने सयौं उदाहरण पढेर पनि नेपाली राजनीति बदलिएन ।

सीता ओझा
अध्यक्ष
महिला अध्ययन केन्द्र

प्रतिक्रिया