पारस खड्का क्यान बागमती प्रदेशको अध्यक्षमा निर्वाचित

इनेप्लिज २०८० भदौ १६ गते २:२२ मा प्रकाशित

काठमाडौ, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ क्यान बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।

ललितपुरमा आज सम्पन्न निर्वाचनमा उमेश पियालाई नौ मतान्तरले पराजित गर्दै पारस विजयी भएका हुन् ।

कूल ३७ जना प्रतिनिधिमा शतप्रतिशत मत खसेको थियो । त्यसमध्ये पारसले २३ मत प्राप्त गरे भने उमेशले १४ मत मात्रै प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा प्रेमबहादुर क्षेत्रीले पनि २३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी रुपक रञ्जितले पनि १४ मत पाए ।

यसैगरी, सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित भए भने प्रज्वल सापकोटा १४ मतसहित पराजित भए ।

यसैगरी, कोषाध्यक्षमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे ।

यसैगरी महिला सदस्यमा नीरा राजोपाध्याय निविरोध भएकी थिइन् भने बाँकी १२ सदस्यका लागि लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरेर निर्वाचित भए ।

यसैगरी पराजित भएकामधये अनुजमान श्रेष्ठले १६ मत प्राप्त गरे भने अर्जुन केसी, सुरज ज्ञवाली, ध्रुव शर्मा, करण खतिवडा, सुरज सिलवाल, रामधन ढकाल र पारस अधिकारीले समान १४–१४ मत मात्रै प्राप्त गरे ।

असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रीय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भइ सकेको छ ।

प्रतिक्रिया