अलास्कामा परालैङ्गिक (ट्रान्सजेन्डर) युवतीहरूलाई माध्यमिक बिद्यालयको महिला टोलीमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध

इनेप्लिज २०८० भदौ १५ गते ११:०२ मा प्रकाशित

अलास्कामा परालैङ्गिक (ट्रान्सजेन्डर) युवतीहरूलाई माध्यमिक बिद्यालयको महिला टोलीमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाएको छ । अलास्का बोर्ड अफ एजुकेशन(शिक्षा समिति)ले परालैङ्गिक (ट्रान्सजेन्डर) युवतीहरूलाई माध्यमिक बिद्यालयको महिला टोलीमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाउन मतदान गरेको छ ।

अलास्का राज्य शिक्षा समिति (बोर्ड)ले गत बिहीबार परालैङ्गिक (ट्रान्सजेन्डर) युवतीहरूलाई माध्यमिक बिद्यालयको महिला टोलीमा प्रतिस्पर्धा गर्नबाट प्रतिबन्ध लगाउन समर्थन गर्ने पक्षमा मतदान गरेको छ । मुद्दा महान्यायाधिवक्तालाई पठाएको छ ।

राज्य शिक्षा समिति (बोर्ड)का सदस्यहरू नियुक्त गर्ने रिपब्लिकन गभर्नर माइक डनलेभीले युवतीहरूको खेलकुदमा निष्पक्षता सुनिश्चित गर्न नियमन आवश्यक भएको बताएका छन्।

सञ्चालक समितिको बैठकको कार्यसूची (एजेण्डा)मा प्रदेश सरकारको प्रशासनले प्रस्ताव पारित गर्ने वा नपर्ने विषयमा कुनै सिफारिस नभएको बताएको छ ।

बिहीबार बसेको समितिको विशेष बैठकले ७–१ मतले उक्त प्रस्ताव पारित गरेको छ भने ‘महिला विद्यार्थीका लागि छुट्टै उच्च माध्यमिक बिद्यालय एथलेटिक्स टोली गठन गरेमा जन्मदै महिला तोकिएको भएका महिलाको सहभागिता सीमित हुने’ भन्दै नियमावली पारित गरेको थियो ।

समितिमा उच्च माध्यमिक बिद्यालयका विद्यार्थी प्रतिनिधि फेलिक्स मायर्सबाट मात्र असहमतिको पक्षमा मत आएको थियो। समितिमा रहेका सैन्य सल्लाहकारले बैठक बहिष्कार गरे।

समितिले सुरुमा जुलाईमा यो मुद्दा उठाएको थियो। समितिले पछिल्लो बैठकमा सार्वजनिक टिप्पणी गरेको छैन। अमेरिकामा कम्तिमा २२ वटा राज्यहरूमा यस्ता कानूनहरू छन् जसले परालैङ्गिक (ट्रान्सजेन्डर)युवतीहरूलाई के -१२ बिद्यालयरूमा युवतीहरूको टोलीमा खेल्नबाट रोक्छ।

प्रतिक्रिया