भारतीय लोकप्रिय चर्चित गायक “Bombay Vikings “ नेपाल आउदै

इनेप्लिज २०८० भदौ १५ गते ११:०२ मा प्रकाशित

एजेंसी,

हालै प्राप्त जानकारी अनुसार भारतीय चर्चित गायक 90s देखि हाल का युवा युवतीहरु माझ रुचाइएको बिस्व प्रसिद्ध ब्याण्ड  नेपाल मा आउने पक्का भएसंगै उनले आफ्नो  1दिने सांगेतिक प्रस्तुतिका लागि एल एंड एन मोडेल एजेंसी एबम ३६५ मिडिया एंड इभेन्ट्स संग सहकार्य गरेका छन्। 

यस एल एंड एन मोडेल एजेंसी ले भर्खरै आधिकारिक जानकारी गराउदै भारतीय चर्चित गायक नीरज श्रीधर ” बोम्बय भाइकिंग्स “आफ्ना ब्याण्ड सहित सांगीतिक प्रस्तुतिको लागि नेपाल ल्याउदैछन।

मिति २०८०.०४ .१२ गते बुधबारका दिन दर्बारमार्ग स्थित डबल देकर लाउन्ज  मा पत्रकारहरु माझ चिया पान कार्यक्रम गर्दै युवा पुस्ता माझ मा एकदमै लोकप्रिय बिस्व कै ४९ औ स्थानमा पर्ने सर्बोत्क्रिस्ट क्लब काठमाडौँ को ठमेल स्थित् लोर्ड अफ ड्रिंक्स  LOD  मा यहि आउदो 30th Sep 2023 असोज १३ गते सनिबार को दिन आफ्नो  संगेतिक प्रस्तुति राखिने भनि एक आपस बिच सहमति संगै सहकार्य गरि उक्त कार्यक्रम को टिकट बिक्रि वितरण भने इ -सेवा द्वारा गरिने भनि सम्झौता समेत भएको जानकारी ३६५ मिडिया का संचालक सुमन महर्जन ले जानकारी गराएकाछन्।

उक्त हुन लागेको सांगेतिक साझमा भारतीय चर्चित गायक ले ३ दिने नेपाल भ्रमण संगै आफ्ना नेपाली प्रसंशकहरुलाइ भेट्ने ,पशुपतिनाथको दर्शन संगै नेपाली परिकारहरु को स्वाद लिने संगै नेपालको एतिहासिक धरोहरहरु को अबलोकन समेत गर्ने भनि आफ्नो इच्छा  व्यक्त गरेकाछन। 

भारतीय चर्चित गायक का २००० भन्दा बढी सुपरहिट गित संगीतहरु रहेकाछन् ,जसमध्ये सबै भन्दा बढी  संसारभरि रुचाइएको गित वोह चलि वोह चलि देखो प्यार्की गाली , छोड दो आचल जमाना क्या कहेगा ,हरे राम हरे राम हरे कृष्ण हरे राम ,हे बेबी ,तेरी आखे भुल भुलैया , तुम मिले ,क्यारेक्टर ढिला ,तुम्ही हो बन्धु ,आहु आहु आहु ,चोर बाजारी ,भगम भाग ,चादनी चोक त्तु चाईना ,गोलमाल गोलमाल ,कलर त्यूँ , लभ मेरा हिट हिट र नाचंगे सारी रात सोदियों बे जस्ता सुप्रसिध गितहरु द्वारा सम्पूर्ण नेपालीहरु को मन जित्न सफल भयेसंगे सर्बश्रेष्ठ गायक का उपाधि समेत पाएकाछन्। 

उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटन लाइ संरक्षण/प्रबर्धन संगै ब्यब्साहिक प्रबर्धन समेत रहने भनि ३ दिने दिने नेपाल भ्रमण आयोजना गर्न लागिएको यस एल एंड एन मोडेल एजेंसीका प्रबन्ध निर्देशक नितिन कायस्थ ज्यु ले जानकारी गराएकाछन्।

एस कार्यक्रममा भारतीय मात्र न भएर नेपाली चर्चित गायक हरु संगै विभिन्न किसिमका प्रस्तुति संगै क्लब को बिभिन्न इन हाउस DJ हरु को प्रस्तुति समेत रहनेछन्। 

उक्त कार्यक्रमको टिकट आजैबाट अनलाइन अन्तर्गत इ-सेवा इभेन्ट्स मा जेनरल टिकट रु १०००/- मा राखिएको छ भने भीइपी १५०० – मा राखिएको छ .

प्रतिक्रिया