लगातार दोस्रो जीतको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै

इनेप्लिज २०८० भदौ १५ गते २:०१ मा प्रकाशित

काठमाडौ, आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनको सामना गर्दैछ । नेपाल र बहराइनबीचको खेल मलेसियामा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जीतको खोजीमा छ । नेपालले पहिलो खेलमा बिहीबार आयोजक मलेसियालाई ५ रनले हराएको थियो ।

नेपाल बहराइनविरुद्ध पनि जीत निकाल्ने योजनामा छ । बहराइन पनि लगातार दोस्रो जीतको खोजी हात पार्ने दाउमा छ । उसले पहिलो खेलमा कतारलाई ५ विकेटले हराएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् ।

यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया