गीतकार मदन थापाको शव्दमा तीज गीत ‘ नाच घुमेर, नहेर उमेर ’ सार्वजनिक

इनेप्लिज २०८० भदौ १३ गते २२:२६ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा लामो समय देखि बस्दै आएका अभिनेता तथा गीतकार मदन थापाको शव्दमा तीज गीत ‘ नाच घुमेर, नहेर उमेर ’ सार्वजनिक भएको छ ।

एक हप्ताकाे दाैरानमा रेकर्डिङ र भिजुअल चुनाैतिपुर्ण थियाे तर पनि सवैकाे साथ र उत्साहले सम्पन्न भएकाे छ। मदन थापाको सङ्गीतमा र सञ्जय श्रीपालकाे एरेन्जमा विपिन घिमिरे, शिला विष्ट, कुमार केसी र सुजाता केसीकाे स्वर रहेकाे छ।

मदन थापा, पुष्कर पन्त नारायणी खत्री, अनिता गिरिकाे अभिनय रहेकाे गीतमा भागिरथि गाहाकाे काेरियाेग्राफि र निर्देशनमा करन चैसिरकाे छायांकन रहेकाे छ । रेकर्डिङ शुटिङकाे दाैरान हाैसला माया दिनु हुने विमला मेडम प्रति हार्दिक सम्मान व्यक्त गर्दछु।। वादन तर्फ गिटारमा अनुपदास, रिदम गिटारमा लाेकराज राई, वासुरि रत्न विक, मादलमा पाेषण घर्तिकाे साथ रहेकाे छ।

प्रतिक्रिया