फ्लोरिडाका गभर्नर रन डिसेन्टिसले फ्लोरिडाका बासिन्दाहरूलाई खतरनाक समुन्द्री आंधी इडालियाबाट जोगिन शरणस्थल भित्रै बस्न आग्रह गरेका छन । उनले अगसर ३० बुधबारका इन बिहान ६:३० बजे उनले पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका छन्।
उनले बासिन्दाहरूलाई इडालिया जमिन मुनि नजिकै आउँदायो नसक्नुन्जेल आश्रयस्थल मै तयारी अवस्थामा बस्न आह्वान गरे ।
साथै आपतकालीन अधिकारीहरूको चेतावनीलाई ध्यान दिन आग्रह गरेका छन् । इडालिया समुन्द्री आंधी फ्लोरिडा राज्य राज्यको खाडी तट नजिक भएको बताए ।
यो चीज शक्तिशाली छ। यदि तपाई भित्र हुनुहुन्छ भने यो बाहिर न गए सम्म भित्रै बस्न आग्रह गरिएको छ । हामी मात्र आशा गर्छौं कि सबैजना सुरक्षित हुनेछन । कुनै मूर्खता गरेर आफ्नो जीवन जोखिममा नराख्न समेत भनिएको छ ।
गभर्नरले इडालिया तुफान राज्य पार गर्दा बासिन्दाहरूलाई सडक भित्र र बाहिर बस्न आग्रह गरे । उनले यसका लागि आठ शहरी खोज र उद्धार टोली निर्माण गरिएको ,३३ वटा रुग्नवाहिणी (एम्बुलेन्स )टोली तैनाथ गरिएको र ५ हजार ५ सय राष्ट्रिय सुरक्षाकर्मी तैनाथ गरिएको गभर्नरले जानकारी दिए ।
प्रतिक्रिया