नासा अधिवेशनको तयारी अन्तिम चरणमा

इनेप्लिज २०८० भदौ १२ गते १०:४९ मा प्रकाशित

अमेरिका । नेपलिज एशोसियशन इन साउथ इष्ट अमेरिका (नासा)को अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । सेप्टेम्बर २ तारिक जर्जियाको एन्टलान्टामा हुने अधिवेशनका लागि विभिन्न तयारी भइरहेको र यो अन्तिम चरणमा पुगेको नासाका अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिनु भयो । एन्टलान्टाको च्याम्ब्लीमा रहेको होलिडे इनमा हुने ३३ औं अधिवेशनकमा अमेरिकाको साउथ इन्ट क्षेत्रमा रहेका नेपालीहरु विभिन्न राज्यबाट सहभागी हुनेछन् । रियुनाइटिङ आवर कम्युनिटी भन्ने मुख्य नाराका साथ हुन लागेको अधिवेशनमा अनेसास जर्जिया च्याप्टर को समन्वयमा रमाईलो साहित्यिक कार्यक्रम गर्नेछ । सम्मेलनमा कार्यक्रम रजपटका प्रस्तोता प्रकाश सुवेदी, कलकारहरु दीपक दुवाडी, मीन तामाङ, अशोक अर्याल, शिक्षा गौतम लगायत कालाकारहरुको प्रस्तुती रहनेछ । त्यस्तै अधिवेशनले नासाको आगामी दुई बर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्नेछ ।

प्रतिक्रिया