मिसेस नेपाल वल्र्ड २०२३ को फिनालेमा मिसेस वल्र्ड २०२२ सरगम कौशल सहभागी हुने

इनेप्लिज २०८० भदौ ११ गते २२:०६ मा प्रकाशित

मिसेस नेपाल वल्र्ड २०२३ का आयोजक संस्था रिबन इन्टरटेनमेन्टले मिसेस वल्र्ड कौशलले सो प्रतियोगितामा सहभागी हुने सम्बन्धमा सम्बोधन गरेको भिडियो सन्देश सार्वजनिक गर्दै यसको जानकारी दिएको हो । कार्तिक पहिलो साता राजधानीमा हुने फिनालेमा मिसेस वल्र्ड कौशलका अलवा नेपालका ख्यातिप्राप्त ब्यक्तित्व सहभागी हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए ।

विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । यसका साथसाथै, सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले जानकारी गराए ।

प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन् । मिसेस नेपाल वल्र्ड २०२३ को विजेताले २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउने पाउने छन् ।

प्रतिक्रिया