काठमाडौं, संसद्को ९ वटा विषयगत समितिहरूको सभापति सर्वसम्मत भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन नै हुने भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परेको छ ।
त्यसैले यसमा भने निर्वाचन नै हुने प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । अरु ९ जना समितिका सभापति भने सर्वसम्मत भएका छन् ।
सार्वजनिक लेखा समिति सभापतिमा एमालेका ऋषिकेश पोखरेल सर्वसम्मत हुँदा एमालेकै किरण साह महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा सर्वसम्मत भएका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजू राणा देउवा सर्वसम्मत हुँदा कांग्रेसकै रामहरि खतिवडा र सन्तोष चालिसे क्रमश राज्य व्यवस्था तथा सुशासन समिति र अर्थ समितिको सभापतिमा सर्वसम्मत भएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीलगायत सर्वसम्मत भएका छन् ।
प्रतिक्रिया