कल्पनाको परदेशमा बस्दाको तीज अनुभव गीतमा

इनेप्लिज २०८० भदौ ९ गते १५:४८ मा प्रकाशित

शान्ती श्री परियारको स्वर रहेको गीतमा कल्पना कार्कीको शब्द रचना रहेको छ। परदेशमा बसेर तिज आउँदा माइतिको सम्झना आमाले पकाएको दर को याद आफ्नो जीवन साथी भने जस्तै पायको कुरा सार्वजनिक गीतामा व्यक्त गरिएको छ। लामो समय परदेशमा बस्दा देखेको भोगेको कुरालाई कल्पना कार्कीले गीत मार्फत प्रस्तुत गरेकी छन्। देबेन्द्र बरालको संगीतमा तयार भएको गीतलाई एभरेस्ट वर्ल्ड क्लास टेकवन्डो नामक संस्थाले प्रस्तुत गरेको हो। दिनेश न्यौपानेले संगीत संयोजन गरेको गीतमा तीजको बेला नारीहरुले व्यक्त गर्ने भावना प्रस्तुत छ। गीतको मिक्सिङ्ग मास्टरिङ्ग बिप्लव अधिकारीले गरेका हुन्। गीतको लिरिकल भिडियो राइट ट्युन इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया