जर्जियाको फोहोर सङ्कलन केन्द्रमा बेपत्ता भएका २ वर्षीय बालकको शव फेला : प्रहरी

इनेप्लिज २०८० भदौ ८ गते ११:१४ मा प्रकाशित

अमेरिकाको जर्जिया राज्यको फोहोर सङ्कलन केन्द्रमा बेपत्ता भएका २ वर्षीय बालकको शव फेला पारिएको विश्वास गरिएको प्रहरीले बताएका छन् ।

उनका बुबाले प्रहरीलाई झुटो बोलेको आरोप समेत लगाएका छन् । गत बिहीबार जर्जियाको फोहोर सङ्कलन स्टेशन(केन्द्र)मा हराइरहेको २ वर्षीय बालक जे’आशिया मिचेलको शव फेला परेको विश्वास गरिन्छ प्रहरी बिभागले जनाएको छ ।

उनका बुबाले बच्चालाई गत हप्ता सशस्त्र डकैतीको क्रममा अपहरण गरिएको बताएका थिए । बालकको बुबालाई प्रहरीलाई लुटपाटको बारेमा झूटो बोलेको आरोप लगाएको छ । बालकको मृत्युमा संदिग्धको रूपमा उनलाई पहिचान गरिएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

बच्चाको पहिचान अझै मिचेलको रूपमा पुष्टि भै नसकेको पूर्वी पोइन्ट प्रहरी विभागले बताएको छ । चिकित्सा परीक्षकले आधिकारिक रूपमा शव पहिचान गर्न बताईएको छ ।

बिहीबार पूर्वी पोइन्ट ट्रान्सफर स्टेशनमा शव फेला परेको प्रहरीले जनाएको छ ।

मिचेलका २३ बर्षिय बुबा आर्टभियस नर्थलाई संदिग्धको रूपमा पहिचान गरिएको छ किनभने उनी बच्चालाई हेर्ने अन्तिम व्यक्ति थिए। मिचेल अगस्त १६ मा हराएको जानकारी दिइएको थियो।

अदालतको अभिलेख (रेकर्ड )अनुसार नर्थलाई गत हप्ता अपराधको गलत प्रतिवेदन र गलत बयान दिने अपराधको आरोप लगाइएको थियो। नर्थ आगामी सेप्टेम्बर १ मा अदालतमा हाजिर हुनेछन् ।

हतियार लुटपाट नभएको निश्चय भएपछि डेकाल्ब प्रहरीले मुद्दालाई पूर्व प्वाइन्ट प्रहरी विभागमा बुझाएको थियो ।

प्रतिक्रिया