काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन नभए सडकमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेकोप्रति आपत्ति जनाएका हुन्।
उनले भने, ‘यो देशमा कानुन दुई थरी बनाउनुस्, ठूल्लठूला नेतालाई कानुन नै नलाग्ने, उनीहरु प्रहरीको हिरासतमा जाँदै नजाने तर जनतालाई चाहिँ गल्ती नगरेपनि कान समाएर जेलमा हाल्ने यो कानुन लेख्नुभयो भने सैह्य हुन्छ होइन भने संसदमा आवाज होइन सडकमा आन्दोलन हुन्छ ।
प्रतिक्रिया