डिसी क्षेत्रमा हुने दशैँ तिहार मेलामा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिने

इनेप्लिज २०८० भदौ ५ गते १:१९ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा हुने दशैँ तिहार मेलामा गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले प्रस्तुति दिने भएका छन् ।

उनले आफैले उनको पहिलो प्रस्तुति हुने भएकोले यस क्षेत्रका सबैलाई सामाजिक संजाल मार्फत निम्ता समेत दिएका छन् ।

कार्यक्रम आगामी अक्टोबर १४ शनिबारका दिन हुनेछ भने सांगीतिक कार्यक्रम ६ बजे साँझ देखि प्रारम्भ हुनेछ ।

डिटी फेस्टिभल अर्थात् दशैं तिहार मेला २०२३ नामकरण गरिएको उक्त कार्यक्रममा काली प्रसाद बास्कोटा सहित अन्य चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुति हुने आयोजकले इनेप्लिजलाई बताएका छन् । उक्त कार्यक्रम डिसी क्षेत्रको भर्जिनिया राज्यको प्रिन्स विलियम काउन्टीको फेयरग्राउण्डमा हुनेछ ।

गत बर्ष सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ । कालीप्रसाद बास्कोटा अब डिसी क्षेत्रका दर्शकमाझ गुञ्जिने भएका छन् ।

गायक, गीतकार, संगीतकार बास्कोटा पछिल्लो समयमा विशेषत चलचित्र गीतमा रुचाइएका संगीतकारमा पर्छन् । उनी ‘सा रे ग म प’ तथा ‘नेपाल आइडल सिजन १,२,३ का निर्णायक पनि हुन् ।

काली यान्त्रिक अभियन्ता (मेकानिकल इन्जिनियर )हुन् । र, २०१५ देखि पूर्ण कालिन संगीतकार बन्नु अघि काठमाण्डौंको प्रसिद्ध तिलगंगा आँखा विज्ञान संस्थानमा एक दशकभन्दा बढी समय काम गरेका थिए ।

प्रतिक्रिया