न्यूयोर्कको म्यानह्याटनमा भिडमा गाडी चलाउदा ७ जना घाइते भएका छन् भने प्रहरीले न्यु जर्सीकी एक महिलालाई हिरासतमा लिएका छन् । न्यू योर्क प्रहरी विभागका अनुसार म्यानह्याटन मध्य शहरमा चालकले भीडमा ठक्कर दिएकी थिइन्।
न्यु जर्सीकी २९ वर्षीया महिलालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । आइतबार राति भीडमा कार (सानो सवारी साधन )ठोक्किए पछि सात जना घाइते भएका प्रहरीले जनाएको छ।
न्यूयोर्क प्रहरी विभागका प्रवक्ताका अनुसार घाइते सबैलाई खतरामुक्त रहेका छन् । कसैको अवस्था गम्भीर नभएको बिभागले जनाएको छ । २४ देखि ६१ वर्षका ६ जना पुरुष र ३४ वर्षीया महिला घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त महिला बेले मीड न्यू जर्सीकी हुन् भने ।प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । उनी अहिले प्रहरी हिरासतमा र अनुसन्धानमा छन् ।
प्रतिक्रिया