अमेरिकाको फिलाडेल्फियामा आयोजित भोजमा ७ जनालाई गोली प्रहार ,१ जनाको मृत्यु

इनेप्लिज २०८० भदौ २ गते १६:४० मा प्रकाशित

अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फियामा आयोजित भोजमा ७ जनालाई गोली प्रहार गरिएको छ भने १ जनाको मृत्यु भएको छ । पश्चिमी फिलाडेल्फियामा शनिबार बिहान एक भोज (पार्टी)मा गोली चल्दा छ जना घाइते भएका छन् र एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।

सिबिएसन्यूजका अनुसार उक्त घटना भए पछि प्रहरीको ९११ मा थुप्रै जनाले प्रहरीलाई खबर गरे पछि प्रहरीहरु १:३० बजेको केही समय पछि घटनास्थलमा पुगेका थिए । त्यहाँ पुगे पछि उनीहरूले बन्दुकको गोली लागेको धेरै व्यक्तिहरू भेट्टाएका थिए । जिल्ला प्रहरी अधिकारीहरूले गस्ती गाडीमा दुई पीडितलाई उठाए र पेन प्रेस्बिटेरियन मेडिकल सेन्टरमा लागेका छन् ।

अरूलाई रुग्नवाहिणी (एम्बुलेन्स)बाट अस्पताल लगिएको थियो र धेरै निजी गाडीहरूमा अस्पताल आइपुगेका थिए । घाइतेमध्ये एक १९ वर्षीय युवकलाई बिहान ५ः४० बजे अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले उनको टाउको र शरीरमा कैयौ गोली प्रहार गरेको जनाएको छ ।

अन्य पीडितहरूमध्ये पाँच महिला र एक पुरुष २० देखि ५१ वर्ष उमेर समूहका छन्। उनीहरूमध्ये पाँच जनाको अवस्था स्थिर रहेको र एकजनाको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा झण्डै ४० वटा गोला फेला परेको छ । प्रहरीले गोली प्रहार गर्ने वा गोली प्रहार गर्ने बारे जानकारी दिएको छैन ।

प्रतिक्रिया