सरकारले चाँडै विश्वासको मत लिने–मुख्यमन्त्री थापा

इनेप्लिज २०८० साउन ३१ गते ११:०९ मा प्रकाशित

विराटनगर,३१ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुवीच सहमती कायम गरी चाँडै वर्तमान सरकारले बिश्वासको मत लिने बताउनु भएको छ ।

मुख्यमन्त्री थापाले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथ ग्रहण समारोह पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक शुरु भएपछि उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नु भयो ।

उहाँले विश्वासको मत पछि गठबन्धन दलहरुवाट थप मन्त्रीहरु नियुक्त गरिने जानकारी दिनु भयो ।

मुख्यमन्त्री थापाले विगतको सरकारले ल्याएको अध्यादेशको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमती कायम गरी पास गरिने बताउनु भयो ।

उहाँले यसैगरी प्रदेश निजामती ऐनलाई यसैसदनबाट पास गर्ने जानकारी दिनु भयो ।

मुख्यमन्त्री थापाले पहिचानवादीसँग बार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी सम्वाद थालनीको शुरुवात गर्ने बताउनु भयो ।

उहाँले पहिचानवादीसँग वार्ताको माध्यमवाट निस्केको निष्कर्षको परिणामलाई सरकारले सार्थक बनाउने प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया