अध्यावधिक गरिएको : हवाईको माउई जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ९९ , अझै १,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता

इनेप्लिज २०८० साउन ३० गते ११:३१ मा प्रकाशित

अध्यावधिक गरिएको : हवाईको माउई जंगलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

गत हप्ता हवाईको माउईमा फैलिएको जंगलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या सोमबार बढेर ९९ पुगेको छ । अझै १,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताए । हवाईका गभर्नर जोस ग्रीनले पहिले उल्लेख गरे अनुसार मृत्युको संख्या बढ्ने अपेक्षा गरिएको र खोजी टोलीले “१० देखि २० जना” लाई पुन: प्राप्त गर्न सक्छन भनि बताएका थिए ।

माउई काउन्टीका नगर प्रमुख रिचर्ड बिसेनले सोमबार २० वटा शव कुकुर र ९० संघीय आपतकालीन व्यवस्थापन सँस्थाका कर्मचारीहरूले खोजी कार्यमा भाग लिएको बताए। सोमबार साँझ हवाई समय अनुसार तीन जना मात्रै पहिचान भएका थिए र अधिकारीहरूले उनीहरूका परिवारहरूलाई सूचित गरेपछि उनीहरूको नाम सार्वजनिक गरिने बताए।

“कुकुरहरूले एक पटकमा १५ मिनेट मात्र काम गर्न सक्छन् र त्यसपछि तिनीहरू धेरै गर्मि हुन्छन्,” ग्रीनले भने ।

माउई काउन्टीका प्रहरी प्रमुख जोन पेलेटियरले सोमबार रातिसम्म २५ प्रतिशत क्षेत्रमा खोजी गरिएको बताए। उनले खोजी र पुन:प्राप्ति प्रयासमा संलग्न नभएका व्यक्तिहरू यस क्षेत्रबाट टाडा बस्नुपर्नेमा जोड दिएका छन् ।

लाहैनाको ऐतिहासिक पश्चिम माउई शहरमा गत मंगलबार लागेको आगो तीव्र गतिमा फैलिएको थियो। टापुको आपतकालीन संकटकालिन कहिल्यै नबजेको र अन्य आपतकालीन सञ्चार प्रणालीहरू बिग्रिएको र आगिको मुस्लोहरू प्रति घण्टा ८० माईलको गतिमा आएको हुनाले बासिन्दाहरूलाई आगोले समातेको थियो।

पहिलो बरामद शवहरू सबै पानीमा वा सवारी साधनहरूमा फेला परेका थिए।

२,२०० भन्दा बढी संरचनाहरू ध्वस्त भएका छन् भंवे जसमध्ये लगभग ८६ % आवासीय भवनहरू थिए ।

प्रतिक्रिया