पेन्सिलभेनियामा घरमा विस्फोट हुँदा ५ जनाको मृत्यु, कैयौँ घाइते

इनेप्लिज २०८० साउन २९ गते ०:२० मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनिया राज्यको पिट्सबर्गको उपनगर प्लममा शनिबार एक घरमा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । विस्फोटले तीनवटा संरचना ध्वस्त र कम्तीमा एक दर्जन अन्यमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।

विष्फोटपछि सुरुमा बेपत्ता भएका एक जना ती पाँच जना मृत्यु हुने मध्येका एक पनि भएको अधिकारीहरूले आइतबार भने। प्रहरीले अहिलेसम्म सार्वजनिक रूपमा पीडितहरूको पहिचान गर्न सकेको छैन, तर अधिकारीहरूका अनुसार पीडितहरू मध्ये एक किशोर थिए।

पूर्वी समय शनिबार बिहान १० :३० भन्दा अलि पहिले ९११ मा विस्फोटका कारण धेरै घरहरूमा आगो लागेको धेरैले खबर गरेका थिए । उत्तरदायी अधिकारीहरू र अग्नि नियन्त्रकहरू “भग्नावशेषमा फसेका मानिसहरू” खोज्न त्यहाँ आइपुगेको एलेघेनी काउन्टीका अधिकारीहरूले भने।

घटनामा प्रारम्भिक रूपमा चार जनाको मृत्यु भएको पुष्टि भएको थियो भने आइतबारको पत्रकार सम्मेलनमा पाँचौंको मृत्यु भएको पुष्टि भएको छ । अन्य
तीनजनालाई अस्पतालमा भर्ना गरिएको छ भने दुई जनाको अवस्था स्थिर र एकको अवस्था गम्भीर रहेको बताईएको छ

५७ जना अग्नी नियन्त्रक (फायर फाइटर)हरूलाई साना समस्याहरूको लागि घटनास्थलमा उपचार गरिएको थियो भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया