विराटनगर,२७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अधिकार प्राप्तिका लागि आदिवासी जनजाति समुदायवीच एकता हुनुपर्ने बताउनु भएको छ।
नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)को २४ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आदिवासीहरुको हक अधिकार स्थापित गर्न आफु दृढ रहने प्रण व्यक्त्त गर्नु भयो । उहाले सङ्घीयतामा आदिवासीको पहिचान स्थापित हुने भएकाले निर्वाचनमा पहिचान पक्षधरलाई विजयी गराउन आग्रह गर्नु भयो ।
मन्त्री मोदीले सङ्घीय निजामती ऐनलाई विभिन्न पक्षहरु वीच छलफल एवं सुझावसंकलन गरी मन्त्रीपरिषदमा पठाएको बताउँदै यो छिट्टै कार्यान्वयनमा आउने जानकारी दिनु भयो ।
उहाँले मुलुकमा सुशासन कायम गर्न पालिका तहमा उप सचिव पठाउने कार्यको शुरुवात गर्नुका साथै सुगम क्षेत्रमा कार्यरत कर्मचारीलाई दुर्गम र दुर्गम क्षेत्रमा रहेकालाई सुगम क्षेत्रमा कानूनसम्वत पठाउने कार्यको शुरु भैसकेको बताउनु भयो ।
उहाँले विराटनगरमा चक्रपथ, बैजनाथपुर क्रिकेट खेल मैदान लगायत अन्य विकास निर्माण कार्यका लागि वजेट विनियोजन गरेको जानकारी दिदै रामो कार्यको प्रचार प्रसारलाई प्राथमिकता दिन सञ्चारकर्मीहरुसँग आग्रह गर्नु भयो ।
सो अवसरमा फोनिजको राष्ट्रिय पत्रकारिता पुरस्कारवाट पाँच जना र प्रदेश पहिचान पुरस्कारबाट दुईजना पत्रकारलाई नगद सहित सम्मान गरिएको थियो ।
रास्ट्रिय पत्रकारिता पुरस्कारवाट दिलीप थापा मगर, किशन राई, जीवन लामा, देवपचपैया मगर तथा उन्नती चौधरी र प्रदेश पहिचान पुरस्कारवाट विदुर खवास र सुजाता लिम्वुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज)का केन्द्रिय अध्यक्ष गजुरधन राईले सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।
मन्त्री मोदीले सो अवसरमा फोनिजको स्मारिका विमोचन गर्नु भएको थियो ।
प्रतिक्रिया