विराटनगर, २७ साउन । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं सङ्घीय सांसद भीम आचार्यले सरकारले संकलन गरिएको राजश्व उत्पादन क्षेत्रमा लगाउनु पर्ने बताउनु भएको छ।
स्व.कृष्णपसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरको १४ औं स्मृति सभा तथा पुरस्कार वितरणमा एवं सम्मान कार्यक्रममा उहाँले मुलुकको व्यापार घाटा कम गरी समृद्धि कायम गर्न उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नु भयो ।
पूर्वमुख्यमन्त्री आचार्यले सरकारले ‘नीजि क्षेत्र मैत्री आर्थिक नीति’ ल्याएमा मुलुकमा उत्पादन वृद्धि भई निर्यातमुलुक स्थापनामा सहयोग पुग्ने विचार राख्नु भयो ।
प्रदेशलाई नमूना बनाउने उद्देश्यले विगतमा सरकारको नेतृत्व गरेकोमामा उल्लेख गर्दै उहाँले राजनीतिक अस्थिरताका कारणले सफल हुन नसकेको दुःखेसो व्यक्त्त गर्नु भयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत,नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे, पुरस्कृत पत्रकार सुशिला पाठक, उद्योगपति ताराचन्द खेतानले निरन्तर श्रमबाट सफलता प्राप्त हुने स्व. सिग्देलले समाजलाई देखाउनु भएको विचार राख्नु भयो ।
सो अवसरमा विभिन्न क्षेत्रका पाँच जना व्यक्त्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कृष्णप्रसाद सिग्देलले अध्ययन गर्नुभएको सुनसरी बराहक्षेत्रको जनता माविबाट २०७९ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सौगात मण्डललाई नगद रु १५ हजार एक सय ११, पत्रकार सुशीला पाठलाई नगद रु २१ हजार एक सय १५, पुराना ढुवानी व्यवसायी सीताराम भगतलाई नगद रु १५ हजार युवा उद्यमी अनमोल प्रधान र महिला उद्यमी प्रतिभा रिजाल ओलीलाई सम्मान एवं पुरस्कृत गरिएको छ ।
यस्तै स्वस्तिका ढुवानीका मजदुरलाई रु २१ हजार नगद सहित कपडा वितरण गरिएको छ भने ढुवानीका चालकको कल्याण कोषमा रु २१ हजार र कर्मचारी कल्याण कोषमा रु ५१ हजार हस्तान्तरण गरिएको छ ।
प्रतिक्रिया