कोलोराडोको अरोरा तथा सेनटेनिएल नगरपालिकाका बासिन्दाद्वारा तीज दर समारोह मनाइदै

इनेप्लिज २०८० साउन २६ गते १:१७ मा प्रकाशित

अमेरिकाको कोलोराडो राज्यको अरोरा तथा सेनटेनिएल नगरपालिकाका बासिन्दाको प्रयासमा तीज दर समारोह मनाईने भएको छ । आयोजक टोलीको तर्फबाट बिनिषा श्रेष्ठले समारोह सेप्टेम्बर १० आइतबारका दिन हुने भएको बताइन ।

उनले समारोह पिपल्स बिल्डिंग नामक भवनमा दिउसो १ बजे देखि साँझ ६ बजे सम्म संचालन हुने जानकारी दिईन । साथै वस्त्र पनि दक्षिण एसियाली लगाउन आह्वान गरिएको छ ।

समारोहमा हाउजी अर्थात् बिङ्गो खेल ,तीज नृत्य प्रतियोगिता ,अन्ताक्षरी ,जोडी नृत्य लगायत प्रस्तुत हुनेछन् । ठेगाना तथा बिस्तृत जानकारी यसै ध्वजा (ब्यानर)मा दिइएको छ ।

प्रतिक्रिया