कांग्रेस सांसद सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते सम्बन्धी विषयमा प्रहरी नियन्त्रणमा

इनेप्लिज २०८० साउन २५ गते १३:०६ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

मोरङ –३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया