अध्यावधिक गरिएको : हवाईको माउई टापुमा भिषण डडेलोबाट कम्तिमा ३६ जनाको मृत्यु ,९११ आकस्मिक दूरभाष बिग्रिएको कारण मानव क्षति ज्यादा

इनेप्लिज २०८० साउन २५ गते १०:४९ मा प्रकाशित

अध्यावधिक गरिएको : हवाईको माउई टापुमा आगेको डडेलोका कारण कम्तिमा माउई काउन्टीमा ३६ जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार ९११ आकस्मिक दूरभाष बिग्रिएको कारण मानव क्षति ज्यादा पुग्न गएको हो । घर छोड्न घर परिवारलाई आफन्तलाई खबर गर्न खोज्दा ९११ आकस्मिक सेवा नै बिग्रिएकोले सन्देश पठाउन र कसैले प्राप्त नगरे पछि यो जनधनको क्षति पुगेको बताईएको छ ।

आधिकारिक रुपमा माउईमा १ लाख ६० हजार बासिन्दाहरु रहेका छन भनि सिएनएनले उल्लेख गरेको छ । साथै हजारौ मानिसहरु बिस्थापित भएका छन् ।

लहैनाको पर्यटकीय केन्द्रमा २७१ भन्दा बढी संरचना प्रभावित भएका छन् । नौ हजार मानिसको पर्यटकीय र आर्थिक केन्द्र रहेको लहैनाको अधिकांश भाग आगलागीबाट जलेर नष्ट भएको छ ।

माउई काउन्टीबाट बुधवार साँझमा अद्यावधिक गरिए अनुसार अधिकारीहरूले यात्रुहरूलाई लहैना र माउईलाई जतिसक्दो चाँडो छोड्न कुनै यातायातका साधनहरूको माङ्ग गरेका छन । हवाई विभागको यातायात विभागका निर्देशक एड स्निफेनले बुधबार ११,००० भन्दा बढी मानिसलाई टापुबाट उडाएको बताए। बिहीबार करिब १,५०० थप व्यक्तिहरू उडान भर्ने अपेक्षा गरिएको उनले भने।

११,००० भन्दा बढी ग्राहकहरू माउईमा ११ बजे राती सम्म ग्राहकहरू टापुमा अन्धकारमा रहेका थिए । एबिसीन्यूजका अनुसार भयंकर हावा र खडेरी अवस्थाले माउइमा ठूलो जंगली आगो निम्त्याएको उल्लेख गरेको छ ।

संघीय उड्डयन प्रसाशनले यसअघि हवाईमा डढेलो र हावाको निगरानी गरिरहेको बताएको थियो । अमेरिकी राष्ट्रपति जो बाइबडेन र प्रथम महिलाले माउईको डढेलोमा आफ्ना प्रियजनहरू गुमाउनेहरूको परिवारलाई समवेदना पठाएका छन् ।

प्रतिक्रिया